१.
विश्वमान चित्रमा नेपाललाई चिनाउनुहोस् ।
– नेपाल पृथ्वीको उत्तरी गोलाद्र्धमा अवस्थित एक भुपरिवेष्ठित राष्ट्र
हो ।
– यसले कुल पृथ्वीको ०.०३५, एसियाको ०.३५ र दक्षिण एसियाको ३५ भु–भाग ओगटेका छन् ।
– यसको क्षेत्रफल १,४७,१८१ बर्ग
कि.मि.(५६.८२७ वर्ग माइल) रहेको छ ।
– यो २६ २२ु उतरदेखि ३० २७ु उत्तरी अक्षांसमा रहेको छ भने ८० ४ु पुर्व
देखि ८८ १२ु पूर्वी देशान्तरसम्म फैलिएका छन् ।
– यसको पूर्व – पश्चिम लम्बाई ८८५ कि.मि.र उत्तर–दक्षिण चौडाई १९३ कि.मि.रहेका छन् जसमा सबभन्दा
बढी चौडाई सुदुर पश्चिमाञ्चलको २४१ कि.मि.र सबभन्दा कम चौडाई पश्चिमाञ्चलको १४५
कि.मि.रहेका छन् ।
– यो समुन्द्र सतह देखि ११२६ कि.मि. टाढा रहेको छ ।
– यसको समय ८६ १५ु पूर्वी देशान्तरमा अबस्थित गौरीशंकर (पाथिभारा)
हिमाललाई आधार मानि तय गरिएको छ ।
– तेस्रो धु्रवको देश, मन्दिरै मन्दिरहरुको देश, बहुसाँस्कृतिक बहुजातीय आदि उपनामले चिनिन्छ ।
– नेपाल बंगलादेशबाट २७ कि.मि. र भुटानबाट ३२ कि.मि. टाढा छ ।
– चौहदी ः
पूर्व ः– भारतको पश्चिम बंगाल र सिक्किम
पश्चिम ः–भारतको उतराञ्चल प्रदेश
उत्तर ः– चीनको स्वशासित तिब्बत क्षेत्र
दक्षिण ः– विहार र उत्तर प्रदेश
३.
धरातलिय स्वरुपको आधारमा नेपाललाई कति भागमा विभाजन गरीएको छ ?
नेपाललाई धरातलिय स्वरुपको आधारमा निम्न तीन
भागमा विभाजन गरिएको छ ।
हिमाली प्रदेश –
– हिमाली प्रदेश समुन्द्र सतहदेखि ३००० मिटर देखि ८८४८ मिटर उचाईसम्म
फैलिएको छ ।
– यसले नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत ( २२०७७ वर्ग कि.मि. ) भु
भाग ओगटेको छ ।
– नेपालको सबभन्दा उतरी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म
फैलिएको यस प्रदेशको अधिकांस भु
भाग पत्रे
चट्टानद्धारा बनेको छ ।
– यसको पुर्व–पश्चिम लम्बाई ८८५
कि.मि. र उतर दक्षिण चौडाई २५ देखि ५० कि.मि. रहेको छ ।
– यसमा नेपालको १६ वटा जिल्लाहरु पर्दछन् ।
– यसको ५००० मिटर भन्दा माथीे
बाह्रै महिना हिउँले ढाकिरहने हुनाले ५००० मिटरको उचाईमा हिमरेखा
पर्दछन्
भने सबभन्दा होचो हिमरेखा ४५०० मिटरको उचाईमा गोरखाको रुपनाला रहेको छ ।
– विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ८००० मिटर भन्दा माथी रहेको नेपालको
८ वटा हिमशिखरहरु यसै
क्षेत्रमा
पर्दछन्
– वि.स. २०६८ सालको जनगणना अनुसार करिब ६.७३ प्रतिशत जनता यस क्षेत्रमा
बसोवास गरेको पाइन्छ ।
– बौध धर्मालम्बीको बाहुल्यता ।
– तिब्बती जनजीवनको प्रभाव ।
हिमाली प्रदेशका विशेषताहरु ः–
– हिमाली प्रदेशको आधाजति महिना हिउँले छोपी रहने
हुनाले यहाँ धेरै उब्जाउ हुदैन जसले गर्दा खाद्य संकटको अवस्था रहिरहन्छ । यहाँ
आलु, जौ, स्याउ आदि जस्ता खाद्यान्न उत्पादन हुन्छ ।
– हिमाली प्रदेशमा जनसँख्याको चाप एकदमै कम छ । यस प्रदेशमा बौद्ध धर्मालम्बीहरु
(शेर्पा, थकाली, मनाङ्गी, भोटे आदि) को बसोवास भएको पाइन्छ ।
– थेप्चो छाना भएको ढुङ्गाको घर, बाक्लो उनी लुगा, उन उद्योग, पर्वतारोहन, पशुपालन जस्ता कुरा हिमाली जीवनमा देखा पर्दछन् ।
– यो क्षेत्रमा यातायात तथा सञ्चारको विकासको कमी, शिक्षा तथा स्वास्थ्य जस्ता आधारभुत आवश्यकताको
कमी जस्ता कुराले जीवन एकदमै कष्टकर रहेको छ ।
– जलवायु परिवर्तनको असरले यो क्षेत्रमा बसोबास गर्ने मानिसहरुको
परम्परागत जीवनशैलीमा झनै थप समस्या सिर्जना भएको पाइन्छ ।
– औषधिजन्य जडीबुटीको केन्द्र
– विभिन्न हिमनदीर नदीहरुको उद्गमस्थल,
– ४ प्रतिशत खेतीयोग्य भुमि ।
– हिमाली प्रदेशलाई निम्न तिन भागमा विभाजन गरिएको छ –
मुख्य हिमाल
– समुन्द्री सतहभन्दा ५००० मिटर भन्दा माथिको सबै भुभाग लाई मुख्य हिमाल
भनिन्छ ।
– यो नेपालको सबैभन्दा उच्च हिमाली श्रृंखला हो ।
– यस खण्डलाइ हिमरेखा माथिको खण्ड पनि भनिन्छ ।
– निकै उचाईमा कारण यस्ता पर्वतहरु अधिकांश हिउँले दाकिएको हुन्छन् ।
त्याहाँ वर्षा ज्यादै न्युन हुन्छ र भुधरातल भिरालो र रुखो छ ।
– विश्वका ८००० मिटरभन्दा माथिका १४ शिखरमध्ये ८ वटा शिखरहरु यसै
क्षेत्रमा पर्दछन् ।
– यस अन्तर्गत कुम्भकर्ण, रोल्वालिङ, महालंगुर, सिंहलिला, लामटाङ, अन्नपुर्ण, कञ्चनजङ्घा, ल्होत्से, धवलागिरि, सगरमाथा, मकालु आदि पर्दछन् ।
भित्री हिमाल
– यस क्षेत्रअन्तर्गत मुख्य हिमाल र महाभारतका उच्च धरातलिय स्वरुप
वीचको भु भागहरु पर्दछन् ।
– २४०० मिटरदेखि ५००० मिटरसम्मको उचाईमा रहेका यस्ता हिमाली
उपत्यकाहरुलाई भोट प्रदेश पनि भनिन्छ ।
– यस क्षेत्रअन्तर्गत मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, थाकखोला, जुम्ला आदि पर्दछन् ।
– यस क्षेत्रलाई भोटे प्रदेश पनि भनिन्छ ।
सीमान्त हिमाल
– मुख्य हिमालय भन्दा उतर तिब्बती सीमा क्षेत्रको दक्षिणमा ३० देखि ४५
कि.मि. को चौडाईमा नेपालका पश्चिमी भागमा अति उच्च हिमशिखरहरुमा मुस्ताङ, गोरखा, कान्ति, चण्डी एवम् गुराँस
हिमालहरु यस क्षेत्रमा पर्दछन् ।
– यो क्षेत्र नेपालका उत्तरी सिमानाको क्षेत्र हो ।
– अत्यन्तै ठण्डा, सुख्खा र रुखो ठाउँ भएकाले बसोबास र खेतीपातीका लागि यो क्षेत्र
उपयुक्त छैन ।
– शेर्पा, थकाली, भोटे, मनाङ्गी जस्ता जातजातीहरु यस क्षेत्रमा बसोवास गर्दछन् ।
– हिमाली प्रदेशको तल्लो भागमा पर्ने हिमाललाई सीमान्त हिमाल भनिन्छ ।
पहाडी प्रदेश
नेपालको मध्य भागमा पूर्वदेखि पश्चिमसम्म फैलिएको उतरमा हिमालय र दक्षिणमा
तराईवीच उच्च होचा पहाडहरु, फराकिला साँघुरा उपत्यका, दुन, बेँसी तथा टार यस क्षेत्रमा पर्दछन् ।
– यो क्षेत्र समुन्द्र सतहदेखि ६०० देखि ३३०० मिटर उचाईसम्म फैलिएको छ ।
– यसले देशको ६८ प्रतिशत भुभाग ओगटेको छ भने यसमा नेपालको ३९ वटा जिल्लाहरु पर्दछन् ।
– वि.स. २०६८ सालको जनगणना अनुसार ४३.०१ प्रतिशत जनसंख्या यस क्षेत्रमा
रहेका छन् ।
– नेपालको प्रमुख उपत्यकाहरुको साथै ५ वटै विकास क्षेत्रको सदरमुकाम यसै
क्षेत्रमा रहेका छन् ।
– यसको उतर– दक्षिण चौडाइ ७५
देखि १२५ कि.मि. र पूर्व– पश्चिम लम्बाई ८८५ कि.मि. रहेको छ ।
पहाडी प्रदेशको जनजीवन ः–
– पहाडी प्रदेशको हावापानी तुलनात्मक रुपमा स्वस्थकर र सुहाउदो भएको
कारण पशुपालन र फलफुल तथा तरकारी खेतिको मुख्य केन्द्र रहेका छन् ।
– यस क्षेत्रमा बाहुन, क्षेत्री, मगर, तमाङ जस्ता जाती र हिन्दु धर्म मान्नेहरुको
बाहुल्याता रहेका छन् ।
– यस प्रदेशमा सन्तुलित प्रकारको हावापनी अर्थात न
धेरै गर्मी न धेरै जाडो हुने हुनाले दौरा, सूरुवाल, कमिज,चोलो,सारी,धोती,स्वीटर जस्ता कपडाहरु लगाइन्छ ।
– भुक्षय, बाढी, पहिरो, डढ्ेलो जस्ता प्राकृतिक विपत्तीहरु वर्षेनी रुपमा आइपर्ने हुनाले
जनजीवनमा यसले नाकारात्मक प्रभाव पारेको पाइन्छ ।
– यस क्षेत्रमा पर्ने केही शहरहरमा भौतिक तथा सामाजिक पूर्वाधारहरुको
राम्रै विकास भएतापनि अधिकांश गा्रमिण भेगहरुमा यी सुविधाहरुको न्युनता नै भएकाले
यस प्रदेशमा पनि जनजीवन कष्ठकर नै रहेको पाइन्छ ।
– यस प्रदेशका मानिसहरु कृषि, व्यापार, नोकरी, वैदेशिक रोजगारी, पर्यटन लगायतका विभिन्न पेशामा आवाद्ध रहेका छन्
।
– हिन्दु धर्मालम्बीहरुको बाहुल्यता ।
– दलित समुदायहरुको मुख्य बस्ती ।
– पहाडी प्रदेशलाई निम्न तिन भागमा विभाजन गरिएको छ —
महाभारत पर्वत क्षेत्र
– यो पर्वत क्षेत्र १५०० देखि ३००० मिटर सम्मको उचाइमा फैलिएको छ ।
– यस क्षेत्रलाई मोडदार पहाडहरु वा पर्वत क्षेत्र पनि भनिन्छ ।
– यस पर्वत श्रेणिलाई लघु हिमालय र मध्य हिमालय पनि भनिन्छ ।
– यस क्षेत्रमा ठुला भञ्ज्याङहरु र उच्च पहाडहरु रहेका छन् ।
– यसले कोशी, गण्डकी, नारायणी जस्ता नदीहरुलाई खण्डित गरेको छ ।
– यसको सर्वोच्च शिखर शैलुङ दोलखा जिल्लामा रहेको छ ।
मध्य क्षेत्र वा मध्वर्ती भुमी
– पहाडी प्रदेशको विचविचमा
पाइने टार, बेसी, उपत्यकालाई मध्य क्षेत्र वा मध्य भुमी भनिन्छ ।
– करिब २५ देखि ५० किलोमिटर चौडाई भएको यो क्षेत्रको उचाई ९०० देखि १८००
मिटरसम्म रहेको छ ।
– यो क्षेत्र पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीको विचमा रहेको छ ।
– रुम्जाटार, तुम्लिङ्गटार,
बेलटार, चेपेटार, सल्यानटार, जरायोटार, बटार, काठमाण्डौ उपत्यका, पोखरा, पाँचखाल आदि उपत्यका
यस क्षेत्रका उल्लेखनिय भुमि हुन ।
– यस क्षेत्रमा हावापानीको अनुकुलताको कारणले गर्दा यहाँ अत्यधिक
जनसंख्याको चाप रहेको छ ।
चुरे पर्वत श्रेणी
– यो पर्वत श्रेणी ६०० देखि १८७२ मिटर उचाइसम्म फैलिएको छ ।
– यो पश्चिम देखि कोशी नदीसम्म महाभारतकै सामानान्तर भई रहेको छ ।
– चुरिया भनेर चिनिने यो क्षेत्रलाई दाङ देउखुरी क्षेत्रमा डंडुवा,
बागमती नदी पूर्वमा भटवाना र कोशी पूर्वमा
चुलाचुली भनिन्छ ।
– यसलाई भारतमा शिवालीक र वर्मामा इरावती भनिन्छ ।
– पूर्वमा होचो र पश्चिममा अग्लो हुँदै गएको यो
पर्वत श्रेणीको सबभन्दा अग्लो भाग गार्वा कैलाली जिल्लामा रहेको छ जसको उचाई ५,४६२ फिट रहेको छ ।
– यसको औसत उचाई ४००० फिट रहेको छ ।
– यो पर्वत श्रेणी प्लेसटोसियन युगमा कंकड, पत्थर, बालुवा, अभ्रक, बलौटे ढुंगा मिली बनेको मानिन्छ ।
तराई प्रदेश
– तराई प्रदेश नेपालको सबभन्दा दक्षिण भागमा पूर्व मेचीदेखि पश्चिम
महाकालीसम्म २५ देखि ३० कि.मि. सम्मको चौडाइमा र ८८५ कि.मि. लम्बाइमा फैलिएको छ ।
– यो प्रदेश समुन्द्र सतहदेखि ५९ देखि ६०० मिटरसम्म उचाइमा रहेको छ ।
– यसले नेपालको कुल क्षेत्रफलको १७ प्रतिशत र २० जिल्ला ओगटेर रहेको छ ।
– वि.स. २०६८ को जनगणना अनुसार ५०.२७ प्रतिशत जनसंख्या यस क्षेत्रमा
रहेको छ ।
तराई प्रदेशका जनजीवन ः–
– अन्य प्रदेशको तुलनामा धेरै वर्षात हुने तथा सिँचाइको राम्रो सुविधा
भएको उब्जनशील समथर जमीन भएकाले पर्याप्त मात्रामा खाद्यान्न उत्पादन हुृने गर्दछ
।
– खेतियोग्य भुमी, अन्नको भण्डार, समथर भुमी आदिका नामले पनि चिनिने यस क्षेत्रमा जाडोमा अति जाडो र
गर्मिमा अति गर्मि हुन्छ ।
– औधोगिक क्षेत्रको नामले परिचित यो प्रदेश तुलनात्मक रुपमा देशको
सुविधा सम्पन्न क्षेत्रको रुपमा चिनिन्छ
– देशको दक्षिणी भूभागको खुल्ला सिमानाका कारण यस क्षेत्रमा भारतीय
सँस्कृतिको प्रभाव बढी रहेको पाइन्छ
– विकासको पूर्वाधारको तुलनात्मक रुपमा राम्रो विकास भएकाले जनजीवन केही
सहज र सरल भएको पाइन्छ ।
– यस क्षेत्रका बासिन्दाहरुको मुख्य पेशा कृषि, व्यापार, नोकरी आदि हुन ।
– यो क्षेत्रका केही भूभागहरुमा वर्षाको समयमा वर्षा र बाढीका कारण
डुवान हुने हुदा जनजीवन कष्टकर हुन पुग्छ ।
– यस प्रदेशमा हिमाल,पहाडबाट समेत मानिसहरुले बसाँइसराइ हुने भएकोले अन्य प्रदेशको तुलनामा
बढी जनसँख्या र विविधतायुक्त समाज पाइन्छ ।
– थारु, मैथली,भोजपुरी, अवधी जस्ता स्थानीइ भाषाको बाहुल्यता रहेको छ ।
– तराई प्रदेशलाई निम्न तिन भागमा विभाजन गरिएको छ —
(क) भावर प्रदेश
– यो प्रदेश खास तराईको उत्तर चुरे पर्वतमालाको दक्षिणमा ३८० मिटर
उचाइसम्म फैलिएको साँघुरो पेटीको रुपमा रहेको छ ।
– चुरे प्रदेश बालुवायुक्त, फुस्रो तथा नरम माटोले बनेको छ ।
– यो क्षेत्र खेतीपातीको लागि त्यति उपयुक्त छैन तर महत्वपूर्ण
वनक्षेत्रले ढाकिएको छ ।
– चारकोसे झाडी यसै क्षेत्रमा रहेको छ ।
(ख) भित्री मधेश
– यसले मुलुकको ८.५ प्रतिशत भुभाग ओगटेको छ ।
– चुरे र महाभारत पर्वत श्रेणीको बीचमा ६०० मिटर अग्लो स्थानसम्म
चारैतिर पहाड पर्वतले घेरिई फैलिएको विशाल फाँटलाई भित्री मधेश भनिन्छ ।
– यसलाई दुन क्षेत्र पनि भनिन्छ ।
– यसमा निम्न ७ ओटा जिल्लाहरु पर्दछन् ।
– मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, उदयपुर, दाङ, सुर्खेत (सुत्र ः मसिचिन उदासु)
(ग)
मुख्य तराई
– नेपालको सबभन्दा दक्षिणी समथर भुभागलाई मूल तराई वा मधेश भनिन्छ ।
यसको उचाई समुद्री सतहदेखि करिब १००– १५० मिटरसम्मको रहेको छ ।
– पाँगो माटोयुक्त यो क्षेत्र उर्वर क्षेत्रको रुपमा चिनिन्छ ।
– घना जंगली क्षेत्र प्रशस्त छ भने न्युन उचाइका कारण प्रचण्ड गर्मी पनि
हुन्छ ।
– मुख्य तराईमा छुट्टै रहनसहन, सँस्कृति, रितिरिवाज, चालचलनयुक्त रहेको पाइन्छ ।