कानुनको अर्थ
कानुन मानव, समाज, राष्ट्र र विश्वलाई शान्त, व्यवस्थित एवं गतिशिल बनाउने संहिता हो । कानुनको निर्माण मानवबाट नै
हुन्छ र मानव व्यवहारलाई व्यवस्थित गर्न
प्रयोग गरिन्छ । मानवीय व्यवहारलाई व्यवस्थित गर्दै समाजको संरचनालाई आदर्शमुखी
बनाउने संयन्त्र नै कानुन हो । अर्थात कानुन भनेको नै समाज ,देश र विश्व सञ्चालनको सभ्य र प्रभावकारी कडी हो
। कानुनको पालन नगरे दण्ड समेत हुन्छ र कानुनको दायरमा सवै पर्दछन् ।
कानुनको महत्व वा हाम्रो समाजमा कानुनको आवश्यकता
किन पर्दछ ।
– व्यक्तिगत स्वतन्त्रता र अधिकारको सँरक्षण गर्नु ।
– समाजमा शान्ति , सुव्यवस्था कायम गर्नु
– मानवीय व्यवहारलाई निेर्देशन र नियन्त्रण गर्नु
– न्याय प्रशासनलाई व्यवस्थापन गर्नु
– नागरिकलाई आफ्नो कर्तव्य र अधिकारप्रति सचेत राख्नु
– लोक कल्यानकारी व्यवस्थाको अभिवृद्धि गर्न
– समाजमा नैतिकता, मर्यादा र अनुशासन भंग हुन नदिन
– अपराधिक गतिविधि गर्ने लाई दण्डित गर्न
– आदर्श समाजको निर्माण गर्न
– सुशासन कायम राख्न
– सामाजिक व्यवहारलाई नियमन गर्न
कानुनका स्रोत ः–
कानुनको स्रोत भनेको कानुन उत्पति हुने उद्गम स्थल हो । समान्य अर्थमा
कानुनका स्रातहरुको अर्थ कानुनलाई अस्तित्वमा ल्याउने उद्गम स्थान वा कारणको रुपमा
नै बुझिन्छ ।
कानुनका स्रोतहरुलाई मुख्यतः निम्नलिखित बमोजिम वर्गिकरण गर्न सकिन्छ ।
(क) विधायन
सामान्य अर्थमा विधायन शब्दले व्यवस्थापकीय इच्छाहरु व्यक्त गर्ने
पद्धतिलाई बुझाउँछ । स्पष्ट शब्दमा भन्नुपर्दा राज्यका ३ अङगहरुमध्येको
व्यवस्थापिकाले गर्ने सबै कार्य वा क्रियाकलाप विस्तृत रुपमा विधायनअन्तर्गत पर्दछन्
। यो वाध्यात्मक, विश्वव्यापी र सर्वस्वीकार्य
स्रोत हो ।
(ख) नजिर
अदालतले कुनै मुद्दाको व्याख्या गर्दा प्रतिपादन गरको कानूनी सिद्धान्तलाई
नजीर भनिन्छ । कुनै मुद्दाको सम्बन्धमा अदालतको रोहमा त्यसमा विचार गरी गरिएको
निर्णय जुन भविष्यमा त्यस्तै मुद्दामा मातहतका अदालतलाई निर्णयधार बन्छ । नेपालको
संविधानमा नजिरलाई कानुनको बाध्यात्मक कानूनको स्रोतको रुपमा स्थापित गराईएको छ ।
अर्को नजिर वा कानुनी व्यवस्थाले विस्थापित नगरेसम्म लागु हुन्छ । यो कुनै न कुनै
सिद्धान्तमा आधारित हुन्छ ।
(ग) प्रथा
प्राचिनकालदेखि समाजले निरन्तर रुपमा अनुसरण गर्दै आएका या अपनाउँदै आएका
रित, परम्परा, मूल्य, मान्यता आदिलाई प्रथा भनिन्छ । प्राचिनता, निरन्तरता, निश्चितता, अनुकुलता तर्क संगतता जस्ता तत्व समावेश भएको
व्यवहार वा प्रथा कानुनको स्रोत हो । प्रथा कानुनी र सम्प्रतिज्ञात्मक गरी २
प्रकारका हुन्छन्