बागमती प्रदेश लोक सेवा आयोगले प्रदेश मन्रालय तथा स्थानीय तहमा रिक्त पदहरूमा ठुलो संख्यामा विज्ञापन प्रकाशित गरेको छ । बागमति प्रदेश लोक सेवा आयोगले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने छ ।
Bagmati Pradesh Vacancy मा दरखास्त दिने अन्तिम म्याद २०७८।१०।०२ गते र दोब्बर दस्तुर २०७८।१०।०९ गते रहेको छ । तोकिएको न्यूनतम योगयता पुगेका नेपाली नागरिकहरुले बागमति प्रदेशको Official Website ppsconline.bagamati.gov.np मार्फत Bagmati Pradesh Vacancy Online मार्फत दरखास्त दिन सक्नेछ ।
Bagmati Pradesh Vacancy Detail :
परिक्षाको माध्यम - लिखित, कम्प्युतर सिप परिक्षण
परिक्षा केन्द्र - हेटौडा
दरखास्त दस्तुर - प्रत्येक विज्ञापनको लागि रु. ६०० दरखास्त दस्तुर बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन गर्ने उम्मेदवारको हकमा प्रति समुहको लागि थप रु. २०० का दरले थप दस्तुर बुझाउनु पर्नेछ ।
दरखास्तको माध्यम - विज्ञापित सबै पदहरुमा अनलाइन प्रणाली मार्फत मात्र दरखास्त बुझाउनु पर्नेछ ।
अपलोड गर्नुपर्ने कागजातहरु - उम्मेवारहरुले शैक्षिक योग्यता, तालिम, अनुभव, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्रहरु अनलाइन दरखास्त प्रणालीमा तोकिएको स्थानमा PDF Format मा अपलोड गर्नुपर्नेछ । सबै उम्मेदवारहरुले आफनो फोटो, दस्तखतको नमूना र नागरिकताको प्रमाणपत्रको अगाडि र पछाडीको भाग Scan गरी JPEG Format मा अपलोड गर्नुपर्नेछ ।