लेखा प्रणाली र राजस्व प्रशासन
१. लेखा
सामान्य अर्थमा आर्थिक कारोवारहरुको अभिलेख राख्ने कार्य तथा प्रक्रियालाई
नै लेखा भनिन्छ भने विस्तृत अर्थमा दामकाम सम्बन्धी अर्थात आर्थिक कारोवारहरुको
अभिलेख राख्ने,प्रतिवेदन तयार
गर्ने,विस्लेशन गर्ने
जस्ता आर्थिक कारोबारहरुको दर्पणलाई लेखा भनिन्छ । समग्रमा हामी के भन्छौ भने
आर्थिक कारोबारको क्रमवद्ध, नियमित तथा वैज्ञानिक अभिलेख राख्ने कला नै लेखा हो ।
लेखाका उदेश्यहरु ः
– आर्थिक अवस्थाको चित्रण गर्नु ।
– कारोबारको पूर्ण अभिलेख राख्नु ।
– सम्पतिको सुरक्षा तथा नियन्त्रण गर्नु ।
– वैज्ञानिक तथा क्रमवद्ध ढङगले अभिलेख राख्नु ।
– योजना तथा कार्यक्रम तर्जुमाका लागी आवश्यक तथ्याङक उपलब्ध गराउनु ।
– विभिन्न आवधिक प्रतिवेदन तयार गर्नु ।
– विवाध सामाधान गर्न प्रमाणको रुपमा पेश गर्नु ।
– नाफा नोक्सान पत्ता लगाउनु ।
२. सरकारी लेखा प्रणाली ः–
– सरकारी कार्यालयहरुमा भएका आर्थिक कारोबारसम्बन्धी अभिलेख व्यवस्थित
तरिकाले राख्ने, प्रतिवेदन तयार
पार्ने एवं विश्लेषण गर्ने प्रक्रियालाई सरकारी लेखा प्रणाली भनिन्छ ।
– सरकारी लेखा प्रणालीले सरकारका प्रशासकीय सँगठनभित्रका मन्त्रालय,
विभाग, कार्यालय, आयोजना तथा सरकारी स्वामित्वमा रहेका अन्य
निकायहरुमा भएमा आम्दानी खर्चसम्बन्धी कारोबारको अभिलेख राखी सोको आधारमा
प्रतिवेदन तयार गरी आर्थिक सूचना प्रवाह गर्ने एवं विश्लेषण गर्ने कार्य गर्दछ ।
यसले सरकारलाई आवश्यक पर्ने तथ्याङक उपलब्ध गराउनुको सार्थ बजेट नियन्त्रण तथा
आर्थिक जिम्मेवारी स्थापित गराउछ ।
– सरकारी लेखा प्रणालीलाई नेपाल सरकारको महत्वपूर्ण प्रशासकीय औजारको
रुपमा लिइन्छ ।
३. सरकारी लेखा प्रणाली र व्यवसायिक लेखा
प्रणालीमा फरक ः–
;/sf/L n]vf k|0ffnL
|
Joj;flos n]vf k|0ffnL
|
!= ;/sf/L / cw{ ;/sf/L lgsfox?df ePsf sf/f]af/x/sf clen]v /fVg k|of]u ul/G5 .
|
!= Jokfl/s lgsfox?df ePsf] sf/f]af/x?sf] clen]v /fVg k|of]u ul/G5 .
|
@= gfkmf gf]S;fg eGbf ;]jfnfO{ dxTj lbOg] .
|
@= d"nt M gfkmf gf]S;fg yfxf kfpg of] ;]|:tf /flvg]
|
#= of] ;]|:tf k|rlnt lgod, sfg'gsf] kl/lwleq /xL tof/ ul/g] .
|
#= ;fdfGtof ;F:yfsf] lgodfg';f/ tof/ ul/g] .
|
$= of] ;+;b Joj:yflksf4f/f kfl/t ah]6af6 k'0f{t M lgb]{lzt Pj+ lgolGqt x'G5 .
|
$= of] ;+u7gsf] ah]6 4f/f k|efljt x'G5 .
|
%= of] gubL cfwf/df /flvG5 .
|
%= of] k|f]b efjL cfwf/df ul/G5 .
|
^= o;sf] n]vfkl/If0f ;+j}wflgs lgsfoaf6 x'G5 .
|
^= o;sf] n]vfkl/If0f :jtGq Joj;flos jf JolQmaf6 x'G5 .
|
&= cfo, Joo lgoGq0f ug{ ljleGg zLif{ssf] Joj:yf .
|
&= o; k|sf/sf] zLif{ssf] Joj:yf gx'g] .
|
*= o;df k|ltj]bg cfjZos x'G5 .
|
*= o;df clgjfo{ dflgb}g .
|
४. सरकारी लेखा प्रणालीको महत्व÷आवश्यकता÷उदेश्य÷फाइदा ः–
– वित्तिय अनुशासन र जवाफदेहिता प्रवर्धन गर्नु ।
– दक्षतापुर्वक स्रोत साधनको परिचालन
– लेखा परिक्षणमा सघाउ पु¥याउने ।
– बजेट व्यवस्थापनमा सघाउनु ।
– वित्तिय विवरण तयार गर्नु ।
– आर्थिक कारोबारहरुलाई व्यवस्थित र पारदर्शी तुल्याउन ।
– लेखाप्रणालीमा एकरुपता ल्याउनु ।
– आन्तिरिक नियन्त्रण अनुगमन र मुल्यांकनमा सघाउ पु¥याउनु ।
– सरकारी सम्पतीको संरक्षण गर्न सघाउ पु¥याउनु ।
– वित्तिय सुृचना उपलब्ध गराई निर्णय प्रक्रियामा सघाउ पु¥याउनु ।
५. (क) एकोहोरो लेखा प्रणाली ः–
कुनै पनि आर्थिक कारोबारहरुको एक पक्षिय असर पर्ने गरि लेखा राख्ने
प्रणालीलाई एकोहोरो लेखा प्रणाली भनिन्छ । यो प्रणालीमा आवश्यक अनुसार व्यक्तिगत
खाताहरुको साथै सहायक खाताहरु पनि राखिन्छ । यो प्रणाली दोहोरो लेखा प्रणालीको
अधुरो र अपुरो लेखा प्रणाली भएकोले यसलाई अस्पष्ट अवैज्ञानिक र अव्यवहारिक प्रणाली
पनि भनिन्छ । जसले कुनै एक कारोबारबाट अर्को पक्षमा कस्तो असर पर्दछ भने कुराको
जानकारी नदिनुको साथै आर्थिक कारोबारहरुको स्वार्थ स्थित यसबाट थाहा पाउन सकिदैन
भने त्चष्ब िदबबिलनअभ कजभभत तयार गर्न सकिदैन ।
(ख) दोहोरो लेखा प्रणाली ः–
कुनै पनि कारेबार गर्दा दुई पक्ष प्रभावित हुन्छ । यसरी कुनै कारोबारले
पार्ने दोहोरो प्रभावको लेखा राख्ने प्रणालीलाई दोहोरो लेखा प्रणाली भनिन्छ । यसमा
प्राप्त गर्ने पक्ष डेविट र गुमाउने पक्ष क्रेडिट हुन्घ । दवै पक्ष बराबर प्रभावित
हुने हुदा डेविट क्रेडिट मौज्दात बराबर हुन्छ । यो १४ औं शताब्दीमा इटालीमा
प्रतिपादित गरिएको पद्धति हो ।
दोहोरो लेखा प्रणालीका फाइदाहरु ः–
– सन्तुलन परिक्षण गर्न सजिलो हुने ।
– निश्चित अवधिको नाफा नोक्सान थाहा पाउन सकिने ।
– आन्तरिक नियन्त्रण तथा लेखा परीक्षण गर्न सजिलो हुने ।
– बजेट निर्माणका साथै योजना नीति निर्माणमा मदत पु¥याउने ।
– त्रुटी पता लगाउन सजिलो हुने हुदा प्रतिवेदन भरपर्दो हुने ।
– दोहोरो प्रभावबारे यथार्थ जानकारी हुने ।
– बजेट निर्माणमा सहजता हुने ।
६. एकोहोरो लेखा प्रणाली र दोहोरो लेखा
प्रणालीबीच फरक ः–
qm=;=
|
ljifo
|
Psf]xf]/f] n]vf k|0ffnL
|
bf]xf]/f] n]vf k|0ffnL
|
!=
|
k4tL
|
cj}1flgs
|
j}1flgs k4lt
|
@=
|
k|0ffnL
|
;/n
|
hl6n
|
#=
|
k'0f{tf
|
ck'0f{
|
k'0f{
|
$=
|
pko'Qmtf
|
;fgf Joj;fo
|
7'nf] Joj;fo
|
%=
|
cfly{s ldtJolotf
|
ldtJolo
|
vlr{nf]
|
^=
|
;Gt'ng kl/If0f
|
sl7g
|
;/n
|
&=
|
uNtLsf] hfFr
|
ufx|f]
|
;lhnf]
|
७. लेखा परिक्षण ः–
लेखापरीक्षण (ब्गमष्त) ल्याटिन भाषाको ब्गमष्चभ भन्ने शब्दबाट आएको हो ।
जस्को अर्थ सुन्नु र सुनाउनु हुन्छ । चौथौ शताब्दीको अन्तयतिर राजाहरुलाई
हिसावकितावको स्थितिबारे लेखा परीक्षकले पढेर सुनाउने हुदा ब्गमष्चभ शब्दबाट
अपभ्रंश हूदै ब्गमष्त शब्दको उत्पति भएको पाइन्छ ।
लेखा परीक्षणलाई एक प्रकारले आर्थिक कारोबारको अन्तिम चरमको रुपमा लिन
सकिन्छ । आम्दानी र खर्चको हिसाब ठीक छ छैन भनी परीक्षण गर्नु नै लेखा परीक्षणा हो
। लेखा परीक्षण ऐन, २०४९ ले महालेखा
परीक्षकले नियमितता, मितव्ययीता, कार्यदक्षता, प्रभावकारीता र औचित्य समेत विचार गरी लेखा
परीक्षण गर्ने कुरा उल्लेख गरेको छ । लेखा परीक्षणमा कुनैपनि सँस्थाको वास्तविक
आर्थिक स्थित थाहा पाउन हिसावकितावको निरीक्षण, तुलना, परीक्षण, गहन निरीक्षण तथा
जाँच गरिन्छ ।
लेखापरीक्षणको उदेश्य ः–
– भुल र त्रुटी तथा गल्ती पत्ता लगाउनु ।
– लेखाको शुद्धता पता लगाउनु ।
– भ्रष्टाचार तथा भलकपट पत्ता लगाउनु ।
– सार्वजनिक सम्पतिको सूरक्षा गर्नु ।
– आर्थिक ऐन्, नियमको पालना भए नभएको पता लगाई नियमित गराउन मदत गर्नु ।
– भविष्यमा हुन सक्ने त्रुटि दोहोरिन नदिन रोकथाम गर्नु ।
– लक्ष्यअनुसार प्रगति हासिल गर्न समयर्म सतर्क गराउने ।
– वित्तिय मामिलासम्बन्धी सुचनाहरुको परीक्षण गर्नु ।
(क) आन्तरिक लेखा परिक्षण ः–
संगठनको आफ्नै अङ्ग वा निकायद्धारा आम्दानी तथ खर्चको यथार्थ जाँच गरी
लेखालाई नियमित तथा आवधिक बनाउन गरिने लेखा परीक्षण आन्तरिक लेखा परीक्षण हो ।
महालेखा परिक्षकको कार्यालयले अन्तिम लेखा परीक्षण गर्नु अगाडि आन्तरिक लेखा
परीक्षण को.ले.नि.का. र म.ले.नि.का. ले गर्दछ । आन्तरिक लेखा परीक्षण गर्दा सरकारी
कार्यालयको विनियोजित बजेट, राजस्व, तथा धरौटी कारोबारको
श्रेस्ता तथा अभिलेखहरुको प्रचलित ऐन,कानुन तथा नियमबमोजिम राखिएको छ , छैन ? हेरिन्छ । यो नियमितता र गणितिय शुद्धताको परीक्षण हो, जसले ततकाल भएका कमी कमजोरीहरु सुधार्ने प्रयास
गर्दछ ।
आन्तरिक लेखा परीक्षणका उदेश्यहरु ः–
– आर्थिक कारोबारहरको अभिलेख आवधिक राख्न लगाउने ।
– कारोबारमा कुर्नै गल्ती, कमजोरी वा क्रुटि भएमा समयमा नै सुधार गर्न लगाउने ।
– रकम फस्र्यौट , जिन्सी सामानको हिनामिना र भ्रष्टाचार भए गरेको पाइएमा तुरुन्त
जानकारी गराउने ।
– स्वच्छ, सन्तुलित र नियमित
आर्थिक प्रशासन सञ्चालनमा सहयोग पु¥याउने ।
– प्रचलित कानुनको पालनामा सहयोग पु¥याउने अदि ।
आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी बनाउने
उपायहरु ः–
– आन्तरिक लेखा परीक्षणका लागि आचारसंहिता बनाई लागु गर्ने
– भरपर्दो मुल्यांकन गरी समयमा नै प्रतिवेदन दिने परिपाटी बसाल्ने
– सार्वजनिक खर्च मापदण्ड तयार गरी लागू गर्ने
– कोष तथा लेखा नियन्त्रक कार्यालयमा आवश्यक भौतिक सामग्रीको विकास
गर्ने
– आन्तरिक लेखा परीक्षण कार्यको संगठनभित्रबाट मुल्यांकन गर्ने परिपाटी
बसाल्ने
– आन्तरिक लेखा परीक्षकबाट औल्याइएका प्रक्रियाहरुमा महालेखा नियन्त्रक
कार्यालयबाट पनि नियमित रुपमा अनुगमन गरी त्यसको प्रभावकारिताको मूल्यांकन गर्ने
परिपाटी बसाल्ने ।
(ख) अन्तिम लेखा परिक्षण ः–
– सङगठन बाहिरबाट संवैधानिक अङग वा स्वतन्त्र निकायबाट आवधिक रुपमा
स्वतन्त्र एवं निष्पक्ष तवरले गरिने परीक्षण नै अन्तिम लेखा परीक्षण हो ।
– अन्तिम लेखा परीक्षण निश्चित कारोबार तथा निश्चित समयावधिमा गर्ने
गरिन्छ । नेपालमा सरकारी कार्यालयहरुको लेखा परीक्षण महालेख परीक्षकको विभागबाट
सम्पन्न गरिन्छ । कम्पनीको हकमा साधारण सभाबाट तोकिएको लेखापरीक्षकबाट अन्तिम
लेखापरीक्षण गराइन्छ ।
– कुनै पनि लोकतान्त्रिक देशमा सर्वोच्च लेखा परीक्षण निकायद्धारा
अन्तिम लेखा परीक्षण गर्ने गरिन्छ ।
– अन्तिम लेखापरीक्षणको कार्यक्षेत्र संविधान र कानुनद्धारा निर्धारण
हुने हुनाले अनियमित कारोबारको सम्बन्धमा लेखा परीक्षकले स्वतन्त्ररुपले आलोचना
गर्न सक्छ ।
– अन्तिम लेखा परीक्षण गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता तथा औचित्यसमेत विचार गरी परीक्षण
गरिन्छ ।
८. आन्तरिक र अन्तिम लेखा परीक्षणबीच फरक ः–
qm=;=
|
laifo
|
cfGtl/s n]vf kl/If0f
|
clGtd n]vf kl/If0f
|
!=
|
sfo{If]q
|
lgoldttf / ul0flto sldsdh]f/L dfq x]g]{ .
|
lgoldttf,ldtJolotf,sfo{bIftf / cf}lrTotf ;d]t x]g]{ .
|
@=
|
kl/Ifs
|
;+u7g leqs} JolQm
|
5'6\6} lgsfosf] JolQm jf ;+j}wflgs c+uaf6 lgo'Qm
|
#=
|
sfo{ljwL
|
lg/Gt/ e'n ;'wf/ ug]{ dfGotfsf] cfwf/df
|
cfjlws cf=j= ;dfTt ePkl5
|
$=
|
pQ/bfloTj
|
sfo{kflnsf k|lt
|
Joj:yflksf dfkm{t gful/s k|lt
|
%=
|
k|lqmof
|
;+u7lgs pb]Zo lglt / k|lqmof cg';f/ 5 ls 5}g egL x]g]{ .
|
ljlQo / sfo{d'ns ?kdf lglZrt lgod sfg'gsf] kl/lwdf /xL ug]{ .
|
लेखा परीक्षण गर्दा के कस्ता कुराहरु परीक्षण
गरिन्छ ?
लेखापरीक्षण ऐन. २०४९ अनुसार लेखापरीक्षणले प्रभावकारिता, कार्यदक्षता, मितव्ययिता, नियमितता र औचित्यको समेत विचार गरी देहायका
कुराहरु परीक्षण गरिन्छ ।
– विनियोजित ऐन बमोजिम स्वीकृत रकम सोही प्रयोजनको लागी खर्च भए नभएको ।
– प्रचलित कानुन बमोजिम यथेष्ट प्रमाण सहित आर्थिक कारोबार गरिएको छ
छैन् ।
– तोकिएको ढाँचा अनुसार लेखा राखिएको छ छैन ।
– सरकारी सम्पतिको लागत दुरुस्त र अध्यावधिक छ छैन ।
– आन्तरिक लेखापरीक्षण र आन्तरीक नियन्त्रणको पर्याप्त व्यवस्था छ छैन ।
– कार्यालयको सँगठन, व्यवस्थापन र कार्यविभाजन समुचित छ छैन ।
– कार्याक्रम अनुसार प्रगति भएको छ छैन ।
– कार्यालयको उदेश्य निति स्पष्ट छ छैन ।
नेपालको अन्तरीम संविधान,२०६३ बमोजिम महालेखा परीक्षकले कुन कुन निकायको
लेखा परीक्षण के आधारमा गर्दछ ?
नेपालको अन्तरिम संविधान २०६३ को धारा १२३ अनुसार महालेखा परीक्षकले
सर्वोच्च अदालत, व्यवस्थापिका संसद,
संविधानसभा , अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक , लोक सेवा आयोग ,निर्वाचन आयोग , राष्ट्रिय मानव अधिकार आयोग, महान्यायधिवक्ताको कार्यालय तथा अन्य संवैधानिक
निकायको कार्यालय र नेपाली सेना एवम् सशस्त्र प्रहरी तथा नेपाल प्रहरी लगायतको सवै
सरकारी कार्यालय र अदालतको लेखा कानुनद्धारा निर्धारित तरिकाबमोजिम नियमितता,
मितव्ययिता र कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी
लेखापरीक्षण गर्दछ ।
आर्थिक नियन्त्रण किन आवश्यक छ ?
आर्थिक नियन्त्रण भन्नाले कुनै पनि आर्थिक कारोबारमा अनियमितता हुनबाट
रोक्ने कार्यलाई बुमmनुपर्दछ । अनावश्यक
खर्च कटौती , मितवययिता, चुहावत, आदिको क्षेत्रमा अनुशासित वातावरण ल्याई लक्षित कार्याक्रम संचालन
गर्नु नै आर्थिक नियन्त्रण हो ।
आर्थिक नियन्त्रण निम्न कारणले हुन्छ ।
– भ्रष्टाचारलाई दुरुत्साहित गर्न ।
– राजस्व रकममा वृद्धि गर्न ।
– कर्मचारीहरुलाई आर्थिक अनुशासनभित्र राख्न ।
– देशको समष्टिगत आर्थिक विकास गर्न ।
– फजुल खर्च रोक्न ।
खर्च हुने र नहुने सामान छुट्याउने आधार केके
हुन् । खर्च भएर जाने सामानहरु र खर्च भएर नजाने सामान अन्तर्गत के कस्ता सामानहरु
पर्दछन् ? लेख्नुहोस् ।
एक
वर्षभन्दा बढी समयको लागी प्रयोग हुने सामान खर्च भई नजाने जिन्सी सामान हो भने एक
वर्ष भन्दा कम खप्ने मालसमान खर्च भई जाने मालसमान हुन । अतः खर्च भई जाने र खर्च
नहुने सामान छुट्याउने आधार सामानको टिकाउपन , प्रयोगको प्रंकृति , ऐन कानुन परिभाषा आदि हुन । (सामानहरुको
वर्गीकरण)
१.
खर्च भएर जाने जिन्सी सामान को खाता ।
नेपाल सरकारको जिन्सी श्रेस्ता प्राणालीअनुसार एक वर्षभन्दा बढी नखप्ने
जिन्सी मालसामानहरुलाई खर्च भइ जाने मालसामान अन्तर्गत लिइएको छ । यस अन्र्तगत
निम्न सामानहरु पर्दछन् ।
– कार्यालयको दैनिक काममा खपत हुने मालसामान र मसलन्दहरु ।
– सवारी साधनको इन्धन ।
– सवारी साधनको पार्टपुर्जा ।
– रंगरोगन तथा बिजुलीका सामानहरु ।
– कृषि कार्यका लागी अनाज बीउ आदि ।
यस्तो खर्च हुने सामानहरुको जिन्सी खाता १ वर्षको
लागि निर्माण गरिन्छ । यो आर्थिक वर्षपिच्छे तयार गरिन्छ । यस्तो खाता
म.ले.प.फा.न. ५२ अनुसार तयार गरिन्छ ।
२. खर्च भएर नजाने जिन्सी सामानको खाता ।
नेपाल सरकारको जिन्सी श्रेस्ता प्रणालीअनुसार एक
वर्षभन्दा बढी खप्ने जिन्सी सामानहरुलाई खर्च भएर नजाने वा खप्ने सामान अन्तर्गत
राखिएको छ । यस अन्र्तगत निम्न सामानहरु पर्दछन् ।
– एक वर्ष भन्दा बढी खप्ने मालसामान ।
– यन्त्र र औजारहरु ।
– फर्निचर
– सवारी साधानहरु
– जग्गा र भवनहरु
– स्थायी भनी ठहराइएका अरु मालसामानहरु ।
खप्ने मालसामानहरुको अभिलेख म.ले.प.फा.न.४७ मा
राखिन्छ । खर्च भई नजाने जिन्सी सामानहरु १० वर्षका लागि एउटै जिन्सी खातामा
अभिलेख राखिन्छ ।
९. गोश्वारा भौचर ः–
व्यवसाय वा सरकारी तथा गैरसरकारी कार्यालयहरुमा दैनिक रुपमा विभिन्न
किसिमका आर्थिक कारोवारहरु हुने गर्दछ । ती आर्थिक कारोवारहरुलाई मिति अनुसार क्रम
मिलाएर शुरुमा प्रविष्टि गरिने पुस्तिकालाई गोश्वारा भौचर भनिन्छ । यो
म.ले.प.फा.न. १० अन्तर्गत पर्दछ भने यसमा ५ वटा खाताहरु रहने गर्दछन् ।
आर्थिक कारोबारहरुलाई दर्ता
गर्ने पहिलो पुस्तिका भएकोले यसलाई प्रारम्भिक अभिलेख,गोश्वारा अभिलेख पनि भनिन्छ ।
कुनै पनि कारोवार गोश्वारा
भौचरमा प्रविष्टि नगरी अन्य खाताहरुमा प्रविष्टि गर्न नसकिने हुनाले यसलार्इृ
इचष्नष्लब िभ्लतचथ या द्यययप प्भभउष्लन पनि भनिन्छ ।
गोश्वारा भौचरका प्रकारहरु ः–
१.
साधारण गोश्वारा भौचर
२.
पेश्की खर्च गोश्वारा भौचर
३.
विविध गोश्वारा भौचर
४.
साल तमामी गोश्वारा भौचर
गोश्वारा भौचरका महत्व ः–
– आर्थिक कारोबारलाई छर्लङग पार्दछ ।
– कारोबारलाई पुष्टि गर्दछ ।
– श्रेस्तादारको ज्ञान र क्षमतालाई मापन गर्दछ ।
– कारोबारहरुलाई छुटफुट हुन नदिन गल्ती सच्याउनमा सघाउ पु¥याउने गर्दछ ।
– लेखा परिक्षण कार्यलाई सरल र सहज तुल्याउछ ।
– अभिलेख व्यवस्थापनमा सघाउ पु¥याउदछ ।
– श्रेस्तामा दोहोरो प्रभाव देखाउछ ।
१०. बैंक नगदी किताब ः–
नगद कारोबारको अभिलेख राख्ने किताबलाई बैंक नगदी किताब भनिन्छ । कार्यालयमा
गरिने सबैजसो कार्याहरुमा नगदको लेनदेन भइरहन्छ । नगदको लेनदेन हुँदा के कति नगद
प्राप्त भयो, के कति खर्च भयो र
के कति नगद बाँकी छ भन्ने जानकारी यसबाट प्राप्त हुन्छ । यसमा ५ वटा खाता र १७ वटा
महल पर्दछन् । बैंक नगदी कितावमा गोश्वारा भौचरबाट गरिएका सबै कारोबारहरुको अभिलेख
राखिन्छ ।
बंैक नगदी कितावका प्रकारहरु ः–
१. एकमहलिय नगद किताब ः– नगद प्राप्ति र नगद भुक्तानीको लेनदेनको मात्र
हिसाब राख्ने । बैंक तथा छुटको हिसाब
हुदैन ।
२. दुईमहलीय नगद किताब ः– नगद खाताको दुवै साइडमा डेविट र क्रेडित गरी दुइवता महल हुने भएको
खातालाई दइमहलीय खाता भनिन्छ ।
३. तीनमहलिय नगद किताब ः– यस प्रकारको हिसाबमा नगद , बैंक र छुट तिनै पक्षको हिसाव राख्ने सकिने
४. सानो नगदी किताब वा पुस्तिका ः– यसमा सानातिना खर्च भुक्तानी सम्बन्धी कारोबारको
हिसाब किताब
राखिन्छ ।
बैंक नगदी कितावका उदेश्य तथा महत्वहरु ः–
– नगद कारोबारको हिनामिना तथा दुरुपयोग हुन नदिनु ।
– नगद कारोबारमथि नियन्त्रण गर्नु ।
– निकासा र खर्चको दुरुस्त हिसाव राख्नु ।
– बजेट नियन्त्रण कार्यमा सघाउ पु¥याउनु ।
– बरबुझारथ कार्यमा सरलता र सहजता ल्याउनु ।
– नगद मौज्दातको जानकारी गराउनु ।
– वित्तिय प्रतिवेदनहरु तयार पार्नमा मदत पु¥याउनु आदि ।।।
बजेट हिसाव ः–
आफ्नो श्रेस्ता व्यवस्थालाई सही तरिकाले संचालन गर्ने उद्देश्यले नेपाल
सरकाले विभिन्न खाताहरुको व्यवस्था मिलाएको छ । त्यसमध्ये बजेट हिसाव खाता पनि एक
हो । कार्यालयले राख्नुपर्ने विभिन्न अभिलेखहरुमध्ये बजेट सिटको स्थान महत्वपूर्ण
छ । कार्यालयमा शीर्षकअनुसार हरेक शीर्षकमा हुने वार्षिक विनियोजन, प्रत्येक महिना हुने निकासा तथा खर्चको अभिलेख
राख्ने खाता बजेट हिसाव खाता हो । यसबाट कति रकम खर्च भयो, कति निकासा भयो र कति बाँकी छ भन्ने थाहा पाउन
सकिन्छ । यसको प्रमुख उद्देश्य बजेट विनियोजनको बाँडफाँडको अवस्था देखाउनु र
त्यसमा नियन्त्रण कायम गर्नु हो । म.ले.प.फा.न. ८ मा यससम्बन्धी व्यवस्था गरिएको छ
। बजेट खाताका मुख्य तीन खण्ड निम्न छन् ।
१. वार्षिक विनियोजन ः यसमा वार्षिक विनियोजनको
बाँडफाँड र एक आर्थिक वर्षका लागि खर्च गर्न
स्वीकृत भएका विनियोजन रकमहरु सम्बन्धित बजेट शीर्षकमा देखाइन्छ ।
२. निकासा खण्ड ः सम्बन्धित मन्त्रालय वा
तालुकवाला अड्डाबाट चौमासिक वा थप निकासा भई प्राप्त
रकम विभिन्न शीर्षक, उपशीर्षक अन्तर्गत पारेर यसै खण्डमा उल्लेख गरिन्छ ।
३. बजेट खर्च खण्ड ः चालु महिना र अघिल्लो
महिनासम्ममा प्रत्येक शीर्षकमा कति खर्च भयो सबै जोडी
खर्च निकालिन्छ र बर्षको अन्तमा कुल खर्च निकाली खाता बन्द गरिन्छ ।
११. जिन्सी श्रेस्ता प्रणाली ः–
कुनै जिन्सी सामान कहाँबाट कति र कसरी प्राप्त भयो र त्यसमध्ये के कति
सामान कहाँ कुन अवस्थामा छ भनी देखाउने अभिलेखलाई जिन्सी श्रेस्ता भनिन्छ ।
नेपालमा यसको सुरुवात २०२० माघ १ गतेदेखि भएको हो । यसरी कार्यालयमा जिन्सी
मालसमान खरिद गर्न, त्यसको संरक्षण र
उचित प्रयोग गर्न गरिने व्यवस्थापकीय कार्यको अभिलेखलाई जिन्सी श्रेस्ता भनिन्छ ।
कार्यालयमा सामानहरु सुव्यवस्थित रुपमा राख्ने र आवश्यक सामानको खरिद गर्ने काम
जिन्सी श्रेस्तामार्फत गरिन्छ ।
जिन्सी श्रेस्ता प्रणालीको उदेश्यहरु ः–
– खर्च हुने र खर्च नहुने मालसमानको यथार्थ श्रेस्ता राख्नु ।
– प्रशासन एवं व्यवस्थापनलाई निति निर्धारण गर्न सहयोग गर्नु ।
– मालसमानको हिनामिना हुन नदिनु ।
– चोरिन तथा हराउनबाट बचाउनु ।
– श्रेस्तामा बैज्ञानिकता, सरलत, र एकरुपता कायम
गर्नु ।
– कार्यालयको सम्बन्धित फाँटलाई सरल तथा सुलभ रुपमा आवश्यक सामान उपलब्ध
गराउनु ।
जिन्सी श्रेस्ताको महत्व ः–
– जिन्सी सामानहरु चारी हुन र हराउने सम्भावना कम हुने ।
– मालसामानहरु नियमित रुपमा उपलब्ध भई कामकाजमा बाधा नपुग्ने
– मालसामानहरुको जथाभावी खर्च नियन्त्रण गर्न सकिने
– मालसामानहरुको हिनामिना र दूरुपयोग हुनबाट जोगाउन सकिने
– मालसामानहरुको मौज्दात र खर्चको स्थितिको जानकारी हुने ।
– कार्यालयभित्र के कति सामान कहाँ कुन अवस्थामा छ भन्ने एकिन हुने ।
– जिन्सी सामानको अद्यावधिक विवरण प्राप्त गर्न सकिने ।
– आर्थिक प्रशासनलाई आवश्यक तथ्याङक उपलब्ध गराउन सकिने ।
– जिन्सी सामानको संरक्षण तथा सम्भार गर्ने कार्यमा सहयोग पुग्ने ।
– जिन्सी नियन्त्रण कार्य सरल तथा सुविधापूर्ण हुन जाने ।
– श्रेस्तामा वैज्ञानिकता,सरलता,एकरुपता ल्याउन
सकिने ।
जिन्सी श्रेस्ता प्रणाली अन्तर्गत पर्ने
म.ले.प.फा.नं. हरु ः–
– म.ले.प.फा.नं. ४५
खरिद आदेश
– म.ले.प.फा.नं. ४६
दाखिला रिपोर्ट
– म.ले.प.फा.नं. ४७
खर्च भएर नजाने जिन्सी खाता
– म.ले.प.फा.नं. ४८
हस्तान्तरण फाराम
– म.ले.प.फा.नं. ४९
जिन्सी निरीक्षण फाराम
– म.ले.प.फा.नं. ५०
मिन्हा रिपोर्ट फाराम
– म.ले.प.फा.नं. ५१
माग फाराम
– म.ले.प.फा.नं. ५२
खर्च भएर जाने जिन्सी खाता
– म.ले.प.फा.नं. ५३
दाखिला टिप्पणी
– म.ले.प.फा.नं. ५५
वालगिरी दिने किताव । भाडामा दिएको सम्पतिको आर्थिक किताब
– म.ले.प.फा.नं. ५६
वालगिरी लिने किताव । भाडमा लिएको मेसिन विवरण
– म.ले.प.फा.नं. ५७
जिन्सी मौज्जदातको वार्षिक विवरण
१४. बजेट ः–
सरकारको विगत र वर्तमानको आर्थिक अवस्थाको मुल्याङकनको आधारमा आगामी बर्ष
गरिने कार्याक्रमहरुको लागी लाग्ने अनुमानित खर्च र सो खर्च जुटाउने श्रोतहरुको
अनुमान हो ।
सरकारको आर्थिक दस्तावेज हो । अर्थ व्यवसायको प्रमुख आधारशिला र आर्थिक
प्रशासनको पथ प्रदर्शक हो । बजेटले आर्थिक गतिविधिको तथ्याङक र सूचनाहरु जनतालाई
प्रदान गर्ने गर्दछ ।
नेपालमा वि.स.२००८ माघ २१ गते बाट आय व्ययको
हिसाव विवरण पेश गर्न शुरु गरिएको छ ।
– सन् १७३३ मा बेलायतबाट बजेटको सुरुवात भएको हो ।
बजेट हिसाब खाता म.ले.प.फा.नं. ८ मा पर्दछ ।
बजेटका उदेश्य तथा महत्व ः–
· सरकारी आयव्ययको यथार्थ जानकारी दिनु ।
· आर्थिक नियन्त्रण हासिल गर्नु ।
· आर्थिक वृद्धि हासिल गर्नु ।
· सीमित साधन स्रोतको विवेकपुर्ण उपयोग गर्नु ।
· आर्थिक स्थायित्व कायम गर्नु ।
· भौतिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिनु ।
· रोजगारीको अवसर सृजना गर्नु।
· सरकारलाई जिम्मेवार र जवाफदेही वहन गर्न सघाउनु ।
· योजना तथा कार्याक्रमहरु कार्यन्वयनमा ल्याउनु ।
बजेट तयार गर्दा ध्यान दिनुपर्ने कुराहरु ः–
– साल बसाली गनुपर्ने कामहरु ।
– आवधिक योजनाले लक्ष्य गरेका कामहरु ।
– चालु भइरहेको काम वा आयोजनाहरु ।
– वैदेशिक सहायताका सम्झौतामा उल्लेख भए बमोजिमका अवधिमा गर्नुपर्ने
कामहरु ।
– नेपाल सरकारका निति र कार्यक्रमअनुसारको कामहरु ।
– त्रिवर्षीय बजेट सीमा तोकिएको भए सो बमोजिमका कार्यक्रमहरु ।
– अन्य आवश्यक कुराहरु ।
कार्यक्रम बजेट ः–
कार्यक्रमका आधारमा बनाइएको बजेटलाई कार्यक्रम बजेट भनिन्छ । कुनै पनि
योजना तथा कार्यलाई निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्नको लागी कार्यक्रम बजेट तयार गरिन्छ ।
यसमा दीर्घकालिन सरकारी उदेश्य र नितीको आधारमा सरकारी कार्यलाई सरकारी कार्यलाई
कार्यक्रम, गतिविधि तथ
प्रोजेक्टको आधारमा बाँडिन्छ ।
कार्यक्रम बजेटका विशेष्ता र महत्व तथा उदेश्यहरु
ः–
· कार्यक्रम बजेटमा साधनलाई भन्दा उत्पादनलाई बढी प्राथमिकता दिइन्छ ।
· कार्यक्रम र बजेटलाई उदेश्यसँग एकिकृत गर्दछ ।
· यसले नतिजा,असर र विकल्पहरुमा
जोड दिन्छ ।
· यसमा बजेट विनियोजन विवेकपूर्ण र पारदर्शिता र व्यवहारमा उतानत्
सकिन्छ ।
· संरचना,विश्लेषण र सुचना यस
बजेटका महत्वपुर्ण पक्ष हुन ।
घाटा बजेट ः–
कुनै निश्चित समयावधिमा आम्दानी भन्दा खर्च बढी भएको बजेटलाई घाटा बजेट
भनिन्छ । यसका जन्मदाता प्रा.जे.एम.किन्स. हुन । प्राकृतिक स्रोत र साधनलाई
परिचालन गर्न, लगानी बढाउन,
उत्पादन र उत्पादकत्व बढाउन, रोजगारी र आयमा वृद्धि गर्न, घाटा बजेट ल्याइन्छ ।
घाटा बजेट पूर्ति गर्ने तरिकाहरु ः–
· नयाँ नोट निष्कासन गरेर ।
· सरकारले देशको केन्द्रिय बैंकबाट ऋण लिएर
· वाणिज्य बंक तथा वित्तिय सँस्थाहरुबाट ऋण लिएर ।
· सरकारी ऋण पत्र जारी गरेर ।
· अनुदान र सहयोगबाट ।
· वाणिज्य बैंकलाई बढी साख श्रृजना गर्न दिएर ।
घाटा बजेटको आवश्यकता वा औचित्व ः–
– सामुदायिक बचत वृद्धि गराउन ।
– बेरोजगारीका समस्याहरुको हल गर्न ।
– करको दरमा वृद्धि ल्याउन ।
– क्ष्लअयmभ र भ्mउयिथmभलत बढाउन ।
– यु्द्धको समयमा साधन जुटाउन ।
– लगानी बढाउन ।
– भ्अयलयmष्अ म्भखभयिऊभलत मा
सहयोग पु¥याउन ।
– एचष्खबतभ क्भअतयच लाई प्रोत्साहन गर्न ।
– अर्थतन्त्रलाई आर्थिक मन्दीबाट बचाउन ।
– सामाजिक विकासका सूचकहरु वृद्धि गर्न ।
– नपुग सरकारी खर्च जुटाउन ।
१५. राजस्व ः–
प्रचलित कानुन बमोजिम नेपाल सरकारलाई तिर्नु÷बुझाउनु पर्ने भन्सार, महसुल, अन्तःशुल्क, विभिन्न करहरुसमेतलाई राजस्व भनिन्छ ।
सरल अर्थमा कानुन बमोजिम सरकारले जनताबाट करको
रुपमा सर्वै प्रकारको उठाएको आमदानी रकम राजस्व हो ।
सरकारलाई राज्य सञ्चालनका लागि आवश्यक पर्ने
खर्चको पूर्ति गर्ने प्रमुख स्रोत राजस्व हो । राजस्वलाई सरकारको प्रमुख आम्दानी
मानिन्छ । राजस्वलाई कर राजस्व र गैरकर राजस्व गरी दुई भागमा विभाजन गरिएको छ ।
कर ः–
कानुन बमोजिम जनताले सरकारलाई अनिवार्य रुपमा बुझाउनु पर्ने राजस्व रकमलाई
कर भनिन्छ । राज्य संचालनको लागी आवश्यक पर्ने आर्थिक एवम् वित्तिय स्रोत विभिन्न
करका भाध्यमबाट सरकारले संकलन गर्दछ । जसमा राजस्व प्राप्तिका लागी कर लगाउनु
सरकारको अधिकार हो भने कर तिर्नु नागरिहरुको कर्तव्य हो । आयकर, सम्पतिकर, भन्सार महसुल, मुल्य अभिवृद्धिकर आदि करका उदाहरण हुन ।
करका विशेषताहरु ः–
– कर राज्य वा सरकारले जनताबाट उठाउने अनिवार्य मौद्रिक आम्दानी हो ।
– कर सरकारलाई विनासर्त दिनुपर्दछ ।
– कर सरकारको नियमानुुसार भुक्तानी गर्नुपर्दछ ।
– कर कानुनी अपराध वा दण्डको रुपमा लिइदैन ।
– कर नदिने व्यक्ति वा संघसँस्थालाई कानुनी कारवाही हुन्छ ।
– करबाट प्राप्त राजस्व आर्थिक तथा सामाजिक कल्याणमा खर्च गरिन्छ ।
करलाई प्रत्यक्ष र अप्रत्यक्षकर गरि दुई भागमा
विभाजन गरिएको छ ।
१. प्रत्यक्ष कर ः–
– जुन व्यक्तिमाथि कानुनी रुपमा कर लगाइन्छ , उसै व्यक्तिद्धारा भुक्तानी पनि गरिने करलाई
प्रत्यक्ष कर भनिन्छ ।
– यसलाई प्रगतिशिल कर पनि भनिन्छ ।
– व्यक्ति तथा सँस्थाको सम्पति , आय आदिमा लगााइने ।
– नेपालको सन्दर्भमा कुल राजस्वमा प्रत्यक्ष करको अंश २० प्रतिशत रहेको
छ ।
– आयकर, सम्पतिकर ठेक्का कर ,
घर जग्गा कर आदि यसका उदाहरण हुन ।
२. अप्रत्यक्ष कर ः–
– कानुन बमोजिम कर तिर्ने भार एक पक्षमा र सो करको प्रभाव अर्को पक्षमा
पर्दछ भने त्यस्तो करलाई अप्रत्यक्ष कर भनिन्छ ।
– यसलाई अप्रगतिशिल कर भनिन्छ ।
– वस्तु तथा सेवाको उत्पादन एवं विक्री बितरणमा लगाइने कर ।
– कुल राजस्वको सवैभन्दा बढी अर्थात अंश करिव ६० प्रतिशत अप्रत्यक्ष
करको रहेको छ ।
– अन्तःशुल्क , भन्सार महसुल, मुल्य अभिवुद्धि, आदि यसका उदाहरण हुन ।
गैरकर राजस्व ः–
कर
राजस्व बाहेक राज्यको प्रशासकीय र व्यापारिक आय एवं दान उपहारबाट प्राप्त आयलाई
गैरकर राजस्व भनिन्छ । यसको उदेश्य राज्यको कोष बढाउनु नभई सामाजिक सदाचार र
सुव्यवस्था कायम गर्नु हो । सरकारले जनतालाई कुनै किसिमको सेवा तथा सुविधा उपलब्ध
गराए बापत असुल गर्ने रकम नै गैरकर राजस्व हो । जसलाई शुल्क पनि भनिन्छ । जस्तै
सडक सुविधा उपलब्ध गराएवापत लिइने सडक मर्मत तथा सम्भार शुल्क, टेलिफोन सेव उपलब्ध गराए वापत लिइने टेलिफोन
स्वाभित्व शुल्क आदि ।
भन्सार ः–
– वैदेशिक व्यापारको शिलशिलामा वस्तुहरु आयात वा निर्यात गर्दा राजनैतिक
वा भौगोलिक सिमामा लगाइने करलाई भन्सार भनिन्छ ।
– भन्सारमा वस्तु आयात वा निर्यात गर्दा भन्सार महसुल संकलन गरिन्छ ।
– अन्य मुलुकहरुमा सामान पठाउने कार्यलाई निकासी र अन्य मुलुकहरुबाट
आफ्नो देशभित्र सामान ल्याउनुलाई पैठारी भनिन्छ ।
– भन्सार प्रशासन सम्बन्धमा नीति निर्माण, अनुगमन
तथा मुल्याङकन गर्नुे केन्द्रीय निकायका रुपमा अर्थ मन्त्रालय रहेका छन् ।
– भन्सार अप्रत्यक्ष करमध्येको एक महत्वपूर्ण कर एवं वैदेशिक व्यापारमा
आधिारित वस्तुगत कर हो ।
अन्तःशुल्क कर ः–
– देशभित्र उत्पादित एवं सोही किसिमका पैठारी गरिएका वस्तु तथा सेवामा
लगाइने करलाई अन्तःशुल्क भनिन्छ ।
– सरकारीको राजस्वको परम्परागत स्रोतका रुपमा रहेको अन्तःशुल्क
अप्रत्यक्ष प्रकृतिको पुरानो कर हो । सुरुमा यो कर देश भित्र हुने कारोबारमा मात्र
उठाउने गरिएकोमा यसलाई अन्तःशुल्क नामाकरण गरिएको हो ।
– विगतमा व्यक्तिगत , सामाजिक तथा वातावरणीय स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने वस्तुहरुमा
मात्र अन्तशुल्क लगाउने गरिएकोमा हाल भन्सार दरबन्दी हटाइएका वा घटाइएका
वस्तुहरुमध्ये बाट आवश्यक देखिएका वस्तुहरुलाई पनि अन्तशुल्कको दायराभित्र
समेटिएको छ ।