नेपालमा
कति किसिमको माटो पाइन्छ ? उल्लेख गर्नुहोस् ।
नेपाल भौगोलिक विविधताले भरिपुर्णदेश भएकाले
यहाँका हरेक कुराहरु ठाउँअनुसार फरक–फरक रहेका छन् । नेपालको माटो पहाड, तराई र हिमाली भेगमा फरक–फरक किसिमका रहेका छन् । तराई
क्षेत्रको माटो बढि उर्वराशक्ति दिने भएकाले तराईलाई अन्नको भण्डार पनि भनिन्छ ।
– नेपालको माटोलाई निम्न ५ किसिममा
बाँडिएको छ ।
(क)
पाँगो माटो
– बर्षातमा नदीले थुपारेको माटो तथा बालुवामा
झारपात समेत मिलीबनेको माटो नै पाँगो माटो हो ।
– चुन, फस्फोरस, पोटास आदि तत्व मिली बनेको पाँगो माटो
धान, तोरी,
मकै, सुर्ति, सनपाट, उखु आदिका लागि अत्यन्त उपयोगी मानिन्छ
।
– यो माटो तराई र बेसीमा पाइन्छ ।
(ख)
बलौटे पत्थरिलो माटो
– पहाडबाट झरेका नदीले बगाएर ल्याएका बालुवा,
कंकड, पत्थर आदि मिली बनेको माटो नै बलौटे
पत्थरिलो माटो हो ।
– यो माटो भएको क्षेत्रमा साल, सिमल जस्ता लामा जरा भएका रुखहरु
पाइन्छ ।
– यो माटोमा पानी त्यति नअड्ने हुनाले
उब्जाउ कम हुन्छ ।
– यो माटो भाँवर, भित्री मधेश र चुरे क्षेत्रमा पाइन्छ ।
(ग)
रातो फुस्रो माटो
– मध्यपहाडी भाग तथा महाभारतका ठाडा भागहरुमा ऋतु
अक्षयबाट टुक्रिएका चट्टानहरु मिसिएर बनेको माटोलाई रातो फुस्रो माटो भनिन्छ ।
– कोदो, मकै, आलु, फलपूmल, फापर आदिको उत्पादन गर्न सकिने तर चुन,
नाइट्रोजन र
फस्फोरस आदि खनिज तत्व कम हुने हुँदा धान, मकै, गहुँ उत्पादन कम हुने गर्दछन् ।
(घ) तलैया माटो
– बेंसी तथा उपत्यकाहरुमा ताल सुकेर बनेको माटो
नै तलैया माटो हुन ।
– जैविक पदार्थ समेत मिसिएको र माटोकोतह पनि
बाक्लो हुने कालो रङ्गको भएको यो माटो कृषिको लागि अति उतम मानिन्छ ।
– यस प्रकारको माटो बढि उर्वर हुने हुँदा
धान, गहुँ,
सागपात, तरकारीको राम्रो उब्जनी हुन्छ ।
– यो माटो काठमाण्डौ, पोखरा जस्ता उपत्यकामा पाइन्छ ।
(ङ) हिमाली माटो
– हिमनदीले थुपारेको माटो, बालुवा, पत्थर, कंकडआदि मिलीबनेको माटो नै हिमाली माटो
हो ।
– यसमा जौ, आलु, फापर जस्ता खाद्यान्नहरु उत्पादन गर्न
सकिन्छ ।
– हिमाली खोंच, भित्री हिमाल र उच्च हिमालको फेदीमा पाइन्छ
।
– यो माटो एकदमै न्युन उत्पादनशिल माटो
हो ।