आर्थिक विकासका सम्बाहकहरु
सार्वजनिक क्षेत्र
– सार्वजनिक क्षेत्रले सरकारले सञ्चालन गर्नुपर्ने सम्पूर्ण
क्रियाकलापलाई जनाउँछ । जसमा सरकारको पुरा स्वामित्व र नियन्त्रण हुन्छ । यस
अन्तर्गत खासगरी आर्थिक गतिविधि र तिनका क्षेत्रहरु पर्दछन् । सरकारी क्षेत्रका
रुपमा पनि चिनिने सार्वजनिक क्षेत्रले सर्वसाधारण जनताका लागि बस्तु तथा सेवाको
उतपादन, वितरण र
आपूर्तिजस्ता कामहरु गर्दछ ।
– सार्वजनिक वा सरकारी क्षेत्र राष्ट्रिय अर्थतन्त्रको प्रमुख अंग हो ।
– यसले देशको विकास प्रक्रियमा सघाउ पु¥याउन अनुकुल वातावरण सिर्जना गर्दछ ।
– यातायात सञ्चार जस्तो भौतिक पुर्वाधार विकास गर्दछ ।
– निजी क्षेत्रको विकासका लागि आवश्यक नितिगत वातावरण बनाउन ठुलो भुमिका
खेल्दछ ।
– सरकारले आर्थिक तथा समाजिक क्षेत्रमा सरकारी नियन्त्रण कायम राखी
विकास प्रक्रियालाई निश्चित दिशा प्रदान गर्दछ ।
– सार्वजनिक क्षेत्रले संविधान लगायत ऐन, नियम तर्जुमा गरी सम्पुर्ण राष्ट्रको व्यवहार
प्रचलनलाई दिशानिर्देश गर्दछ ।
– सार्वजनिक क्षेत्रले देशका आम जनताको आर्थिक विकासमा योगदान गर्न
महत्वपूर्ण योगदान यु¥याइरहेको हुन्छ ।
विशेषताहरु ः–
– सबै क्षेत्रको जनताहरुको जिवनस्तर उकास्ने दायित्व भएको । – बढी प्रक्रियामुखी
– खर्च बढी लाग्ने ।
–
नियन्त्रणमुखी शक्ति हुने
– नाफामुखी नहुने –
लामो अवधीलाई ध्यानमा राख्ने
सार्वजनिक क्षेत्रको विद्यमान अवस्था ः–
– आर्थिक विकासमा सरकारी क्षेत्रले खेल्नुपर्ने
भुमिका र उत्तरदायित्व उपयुक्त, सक्षम र सुदृढ हुन नसकेको ।
– न्युन आर्थिक वुद्धिदर –
उच्च मुल्य वुद्धिदर
– सामाजिक तथा भौतिक पुर्वाधारहरुको कमी – रोजगारीको अवसर निर्माण हुन नसकेको
– अपेक्षित क्षेत्र र मात्रामा नियमन र हस्तक्षेप गर्न नसकेको । – पुजीगत खर्च गर्न सफल नभएको
परिवर्तित सन्दर्भमा नेपालको आर्थिक विकास गर्न
सार्वजनिक क्षेत्रको भुमिका ः–
– आर्थिक विकास सम्बन्धी योजना बनाई कार्यान्वयन गर्ने –
दिगो र उच्च आर्थिक वृद्धिदर हासिल गर्ने
– समावेशी, आर्थिक तथा सामाजिक
विकास गर्ने – कृषि क्षेत्रको विकास गर्ने
– पूर्वाधार विकासमा लगानी गर्ने – लगानीमेत्री वातावरण निर्माण गर्ने
– रेमिट्यान्सबाट बचत रकम उत्पादनशील क्षेत्रमा लगाउने – औधोगिक पुर्वाधार निर्माण गर्ने
– मानव सँसाधनमा विकास गर्ने – पिछडिएका वर्ग, क्षेत्र र समुदायको विकास गर्ने
– राजस्व चुहावत नियन्त्रण, करका दरहरु निर्धारण र परिवर्तन गर्ने आदि ।
निजी क्षेत्र
– निजी क्षेत्र भनेको अर्थतन्त्रको त्यो भाग हो जुन निजी क्षेत्रको
व्यक्ति वा समुहबाट सञ्चालित हुन्छ । अर्को शब्दमा भन्दा सरकारको स्वामित्व र
नियन्त्रण नहुने सबै किसिमको स्वतन्त्र बजार अर्थतन्त्रलाई निजी क्षेत्र भनिन्छ ।
निजी क्षेत्र खासगरी नाफा आर्जनको उदेश्य राखेर सञ्चालित व्यवसाय हो ।
– निजी क्षेत्रलाई बाजार क्षेत्र पनि भनिन्छ ।
– सेवाग्राहीप्रति कम सँवेदनशील र कम उत्तरदायी हुने गर्दछ ।
– निजी क्षेत्रसँग आर्थिक दक्षता हुन्छ ।
– सामाजिक र आर्थिक न्यायप्रति वेवास्ता गर्दछ ।
देशको अर्थिक विकासमा निजी क्षेत्रको भुमिका ÷महत्वलाई बुदागत रुपमा निम्नलिखित रुममा प्रष्ट
पार्न सकिन्छ
– रोजगारी सिर्जना ः– निजी क्षेत्रको लगानी विविध क्षेत्रमा हुने गर्दछ । यसबाट सवैखाले
दक्ष, अर्धदक्ष र दक्ष
जनशक्तिका लागि रोजगारीका अवसरहरु सिर्जना हुन्छन ।
– प्रतिव्यक्ति आयमा वृद्धि ः– यस्को लगानी र व्यवसायबाट वस्तु तथा सेवाको उच्चतम उत्पादन हुन गई
प्रतिव्यक्ति आयमा वृद्धि हुन्छ
– आयातमा कमी ः– निजी क्षेत्रले स्वदेशमा लगानी गरी वस्तु तथा सेवाको उत्पादन गरी
तिनको आयातलाई उल्लेख्य घटाउन मदत पु¥याउन सक्छ ।
– निर्यातमा विस्तार ः– निजी क्षेत्रको सहयोगमा वस्तु तथा सेवाको अन्तर्राष्ट्रय बजारको
विस्तार हुन्छ अथवा तिनको निर्यातको आकार बढ्दै जान्छ ।
– आत्मनिर्भरताको विकास
– साधनस्रोतको उपयोग ः– निजी क्षेत्रको विकासबाट प्राकृतिक, आर्थिक, प्राविधिक तथा मानवीय साधनस्रोतको बढीभन्दा बढी उपयोग गर्न सकिन्छ ।
– सरकारी आम्दानीको स्रोत ः– अनुमति तथा सञ्चालनका लागि निजी क्षेत्रले तिर्ने करले सरकारको
आक्दानीको ठुलो हिस्सा ओगटेको हुन्छ ।
– उच्च व्यावसायिकता
– सीप र क्षमताको विकास ः– कामबाट अनुभव र सप आर्जन हुन्छ । विविध प्रकारको व्यवसायमा हात हाल्ने
भएकोले निजी क्षेत्रले आफुले उपयोग गर्ने जनशक्तिमा सीप र क्षमताको अभिवृद्धि
गराउनुपर्ने हुन्छ ।
निजी क्षेत्रलाई दिन सकिने क्षेत्रहरु ः–
– सरकार आफैले लगानी गरी प्रदान गरिने व्यवसायिक, औद्योगिक सेवाहरु जस्तो ः पाठ्यपुस्तक, यातायात, स्वास्थ्य आदि ।
– प्राकृतिक क्षेत्र बाहेकको क्षेत्र जस्तै ः विधुत उर्जा विकास विस्तार
र वितरण ।
– सरकारी कार्यालय र प्रतिष्ठानमा उपलब्ध गराइने सामान्य सेवाहरु जस्तै
ः सरसफाई, सवारीचालक, सुरक्षा आदि
– शिक्षा, सेवा एवम् शैक्षिक
प्रतिष्ठान सँचालन
निजि क्षेत्रको विशेषता ः–
– नाफामुखी हुने –
बढी प्रभावकारी र कम लागत हुने
– छिटो र छोटो समयमा प्रतिफल खोज्ने – घिटो काम सम्पन्न गर्नेतर्फ प्रेरित हुने
– गुणस्तरीय वस्तु र सेवा उत्पादन गर्न सकिने – कम मुल्य हुने
निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख सँवाहक
बनाउने प्रमुख कारणहरु ः–
– लगानीको श्रोत र क्षमता अभिवृद्धि गर्न वित्तिय तथा नितीगतहरुको
परिचालन
– श्रम सुरक्षालाई ध्यान दिई लचिलो श्रम नीति ल्याउनुपर्ने – निजी क्षेत्रको नियमनकारी सँस्थाको विकास गर्ने
– उद्यमी तालिम विस्तार गर्ने – पूर्वाधार निर्माण
– औद्योगिक सुरक्षा बल गठन गरी सुरक्षाको व्यवस्था गर्ने । – विद्युतको पर्याप्त उपलब्धता
नीति क्षेत्रको विकासमा रहेको समस्या÷चुनौतीहरु ः–
– लगानीमेत्री वातावरणको अभाव – शान्ति सुरक्षाको अभाव
– राजनैतिक अस्थिरता – श्रम र उर्जाको नियमित आपुर्ति नहुनु
– चन्दा र फिरौती – सबै बस्तु तथा सेवाको उत्पादन लागतमा कमी हुनु
– नीतिगत अस्पष्टता , कार्यान्वयन तहमा रहेका व्यक्तिहरुको छिटो छिटो परिवर्तन
सहकारी क्षेत्र
– सहकारीता समुहका व्यक्तिहरुले मिलेर सामुहिक हितको लागि स्थापित
व्यवसायिक सँस्था हो ।
– सहकारितामा सामान आर्थिक सामाजिक, साँस्कृतिक आवश्यकता एवम आकाँक्षा भएको
व्यक्तिहरु सदस्य रहेका हुन्छन्
– सहकारी सामाजिक तथा आर्थिक उत्थान गर्ने एउटा उपाय हो ।
– नेपालको अन्तरिम सँविधान २०६३ ले परिकल्पना गरेको राष्ट्रिय विकासको
तिन स्तम्भ मध्ये एक सहकारीलाई स्वीकार गरिएको छ ।
– सहकारी व्यवसायलार्य सार्वजनिक र निजी व्यवसाय बीच सन्तुलनको रुपमा लिन सकिन्छ ।
– सहकारीको माध्यमबाट शान्तिपूर्ण ढंगले समाजलाई विकसित बनाउन सकिन्छ ।
सहकारीको विशेषताहरु ः–
– स्वययक्त र स्वतन्त्रता – स्वेच्छिक तथा खुल्ला सदस्यता
– सदस्यको आर्थिक योगदान अनुसार सहभागिता – प्रजातान्त्रीक सदस्यतामुलक नियन्त्रण
– शिक्षा, तालीम, सुरक्षा
–
एक अर्को सहकारी बीच पारस्परीक सहयोग
– समाज तथा समुदायबीच सामुहिक आर्थिक हित –
स्वालम्बनमा आधारित
– साझा हित
सहकारिताको महत्व ः–
– आर्थिक महत्व –
रोजगारीको अवसर
– आम्दानी वृद्धि –
पूँजी परिचालन
– स्थानीय श्रोतको उपयोग