वातावरण
व्यवस्थापन, जैविक विविधता, वातावरण
प्रदुषण र जलवायु परिवर्तन
वातावरण
पृथ्वीमा रहेका जिव, जनावर, वनस्पति, हावा, पानी, माटो आदि सम्पुर्ण जैविक तथा अजैविक वस्तुहरुको सामुहिक स्वरुप
अस्तित्व र आपसी अन्र्तक्रियालाई वातावरण भनिन्छ ।
वातावरण ऐन, २०५३ को दफा २ अनुसार —ब्रह्माण्ड
प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरु, आर्थिक एवम् मानविय क्रियाकलापहरु र ती अव्ययहरु बीचको
अन्र्तक्रिया तथा सम्बन्ध नै वातावरण हो ।
वातावरण व्यवस्थापन
प्रत्यक्ष वा परोक्ष रुपले वातावरणमा
बढ्दो शहरीकरण, बढ्दो अद्यौकिरण, आणविकीकरण, प्राकृतिक स्रोत माथिको तिव्रदहण, अम्ल वर्षा, मरुभुमीकरण, बाढी, पहिरो, अनावृष्टी, अतिवृष्टि, ओजोन तह विनाश आदिले क्षति नपु¥याई
स्याहार, सम्भार, सम्बर्धन, संरक्षण तथा सदुपयोग गर्नुलाई वातावरण
व्यवस्थापन भनिन्छ ।
वातावरण व्यवस्थापनको महत्व
– प्राकृतिक
सम्पदाहरुको संरक्षण हुने ।
– राष्ट्रिय आयमा बृद्धि हुने ।
– रोजगारीमा
वृद्धि हुने ।
– पर्यटकिय विकासमा सघाउ पु¥याउने
।
– घरेलु
तथा साना उद्योगको विकास हुने । – स्वच्छ र स्वस्थ वातावरणको अनुभुती हुने ।
– अव्यवस्थित
शहरीकरणमा न्युनीकरण हुने । – जिवजन्तु, वन्यजन्तु एवम् वनस्पतीहरुको संरक्षण ।
– प्राकृतिक
सन्तुलन कायम गर्न सकिने ।
वातावरण
प्रदुषण
वातावरण ऐन २०५३ अनुसार—ब्रह्माण्डका प्राकृतिक, साँस्कृतिक
र सामाजिक प्रणालीहरु आर्थिक तथा मानविय क्रियाकलापहरु र ती अव्ययवहरु बिचको
अन्र्तक्रिया तथा अन्र्तसम्बन्धको परिणाम स्वरुप वातावरणमा ह«ास ल्याउने, क्षति पु¥याउने
वा वातावरणको लाभदायी वा उपयोगी प्र्रयोजनमा हानी नोक्सानी पु¥याउने एवम् नाकारात्मक असर पार्ने गरि सृजित अवस्थालाई वातावरण
प्रदुषण भनिन्छ ।
वातावरण प्रदुषणका किसीमहरु
बृहत रुपमा हेर्ने हो भन्ने वातावरण
प्रदुषणलाई प्रकृति प्रद्धत प्रदुषण( ज्वालामुखी, आँधी, आगजनी, भु–क्षय) र मानव प्रद्धत प्रदुुषण रुपमा प्रदुषणका किसीमलाई निम्न
अनुसार उल्लेख गर्न सकिन्छ ।
१) वायु प्रदुषण ः— हावामा धँुवा, धुला लगायतका अनावश्यक बाहिरी पदार्थ
जम्मा हुनाले वायु प्रदुषण हुन्छ । ओजनतहको विनाश, हरितगृह
प्रभाव, अम्लीय वर्षा, यातायातका साधन र कलकरखानाबाट निस्केको कार्बन मिश्रीत ग्यास आदि
वायु प्रदुषणका उदाहरण हुन् ।
२) जल प्रदुषण ः— मानव निर्मित फोहर, कलकरखानाको
फोहोर, पानीमा फ्याकिएका रसायन आदिले जल प्रदुषण हुन जान्छ ।
३) भु–प्रदुषण
ः— बाढी, पहिरो, बनविनाश, विषाक्तयुक्त मलको प्रयोग, आदि ।
४) ध्वनी प्रदुषण ः— गाडी, कलकरखाना तथा अन्य यन्त्रहरुबाट उत्पादीत ध्वनि
५) खाद्य प्रदुषण ः— खाद्य वस्तुहरुमा विभिन्न अखाद्यपदार्थ, औषधी आदि वस्तुहरुको मिसावट
६) रसायनिक प्रदुषण ः— वायु, जल, जमिन, खाद्यान्न आदिमा विभिन्न रसायनहरुको कारण हुने ।
७) इलेक्ट्रो प्रदुषण ः— राडर, सेलुलर, टेलिफोन, एफ.एम. रेडियोबाट उत्पन्न भएका विद्युत
चुम्बिकिय विकिरणबाट उत्पन्न प्रदुषण
वातावरण प्रदुषणका कारणहरु ः
– अनियन्त्रित
जनसंख्या बृद्धि – प्राकृतिक
सम्पदाको अधिक शोषण
– जनचेतनाको
अभाव – कानुन
पालनाको अभाव
– अव्यवस्थित
शहरीकरण एवम् औद्योगिकरण – गरिबी र बसाइसराइ
– खुल्ला
सिमाना हुनु । – विषाधि
रसायनहरुको प्रयोगमा वृद्धि
– भु–क्षय हुनु – यातायातका साधनमा तिब्र बृद्धि
– वनजंगलको
तिव्र फडानी – आणविक
हतियारको होडबाजी
– वातावरण
संरक्षणको लागि राष्ट्रिय र अन्र्तराष्ट्रिय समन्यव्यको कमी
वातावरण प्रदुषणबाट देखा परेका
समस्याहरु
– ओजनतहको
विनास – कृषि उत्पादनमा ह्रास
– वनजंगलको
विनाश – मरुभुमीकरण
एवं मानवीय विकासमा चुनौती
– पुरातात्विक
वस्तु एवं दुर्लभ प्राणी र वनस्पतिको विनाश
– विश्वव्यापी उष्णता
– अम्लिय
वर्षा – हरित
गृह प्रभाव बढनु
– वायुमण्डलीय
धुमिलता – जैविक विविधतामा ह«ास
आउनु
– बाढी, पहिरो, भुक्षय अतिवृष्टि, अनावृष्टि
र खडेरी – आणविक हिउदको समस्या
– प्राकृतिक
स्रोत र साधनमा कमी
– दुर्लभ प्राणी, वनस्पती
वस्तुको जाति एवम् वंशको लोप
– मानविय
विकासलाई चुनौती आदि ।
वातारण संरक्षणका उपायहरु ः
वातावरण संरक्षण भन्नाले वातावरणमा
प्रत्यक्ष, अप्रत्यक्ष रुपले ह«ास
ल्याउने एवम् क्षति पु¥याउने कार्य नगरी वातावरणका विभिन्न व्ययहरु तिनीहरुका
अन्र्तसम्बन्धमा समेत कुनै खलल नपु¥याई
स्याहार, सम्भार, सम्बर्धन, व्यवस्थापन तथा सदुपयोग गर्ने कार्यलाई
बुझिन्छ । वातावरण सन्तुलन गरि राख्नु नै वातावरण संरक्षण गर्न हो जसका उपाय निम्न
अनुसार छन् ।
– सम्पुर्ण
राष्ट्रिय नितीहरु वातावरण मैत्री, वातावरणमा
ह«ास नहुने गरी योजना तर्जुमा एवम् कार्यान्वयन गर्ने वातावरण, शिक्षा लाभ गर्ने ।
– प्राकृतिक
स्रोत र साधन एवम सम्पदाहरुको संरक्षण गर्नुपर्ने तथा जैविक विविधताको संरक्षण
गरिनु पर्ने ।
– वातावरण
सम्बन्धी सुचना केन्द्रको स्थापना र विकास गर्नुपर्ने
– बढदो
जनसंख्या नियन्त्रण एवम व्यवस्थापन गर्नुपर्ने ।
– गरिबी
उन्मुलन गर्नुपर्ने
– व्यवस्थित
सहरीकरण तथा उचित बसोबासको व्यवस्था हुनुपर्ने
– जैविक
विविधता संरक्षण गर्नुपर्ने
– प्रंदुषणरहित
प्रविधिको विकास र पंयोग गर्नुपर्ने
– उद्योगहरुको
स्थापना शहरी क्षेत्रभन्दा टाढा र वैज्ञानिक रुपले गर्ने ।
– वातावरण
संरक्षणमा जनसहभागिता बढाउने ।
– फोहोरमैला
व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने।
– वैकल्पिक
उर्जाको विकास र प्रयोगमा बृद्धि गर्नुपर्ने ।
– फोहोरमैलाको
उचित व्यवस्थापन गर्नुपर्ने
– किटनाशक
विषादी र मलको सटा प्रांगारिक मलको प्रयोग बढाउनुपर्छ ।
– रसायनिक, जैविक तथा आणविक हात हतियारको उत्पादन, बेचबिखन र प्रयोगमा बन्देज लगाउनुपर्छ ।
– वातावरण
सम्बन्धि अन्तराष्ट्रिय सन्धी सम्झौताहरुको कार्यान्वयनको लागि समय अनुकुल ऐन
कानुन निर्माण गरि कडाईको साथ लागु गर्नुपर्ने ।
–
जैविक विविधता
पृथ्वी भरमा मानिस लगायत वनस्पती, पशुपंक्षी, सुक्ष्म जीव, आदिको विविधता तथा पारिस्थिक प्रणालीहरुको किसीमलाई जैविक
विविधता भनिन्छ । यसले वंशाणुतग तथा प्रजातीय विविधतालाई जनाउँछ । कुनै स्थानको
जैविक विविधता भन्नले प्रति एकाई वर्गमा विद्यमान जीवाणु, वंशाणु, प्राणी र त्याहाँको पारिस्थितिक प्रणालीलाई जनाउँछ । जैविक
विविधता तीन प्रकारको हुन्छ ।
१) पारिस्थिक प्रणालीको विविधता ः
– प्राकृतिका
जैविक पक्ष र अजैविक पक्षको अन्तरसम्बन्ध नै परिस्थिक प्रणाली हो ।
– भुबनोट र हावापानीको भिन्नताले नेपालको स्थलिय र जलिय
पारिस्थिक प्रणालीमा विविधता पाइन्छ ।
– पारिस्थितिक
प्रणालीमा भिन्नता भएकोले हाम्रो देशमा वनस्पति र जीवजन्तुमा निकै विविधता रहेको
पाइन्छ । हरेक क्षेत्रको धरातलिय स्वरुप माटो, जमिनको
भिरालोपन, मोहडा, उचाई आदि फरक भई हावापानीमा भिन्नता रहेको पाइन्छ । जसको
फलस्वरुप हिमाली क्षेत्रमा हिमताल छन् भने पहाडी क्षेत्रमा ताल, पोखरी र ओसिला स्थान छन् ।
२) वंशानुगत विविधता ः
– जिवित
वस्तुहरु भित्रको वंश पैदा गर्ने तत्व को विविधतालाई वंशानुगत विविधता भनिन्छ ।
जसको कारण पृथ्वीमा पाइने विभिन्न किसीमको विरुवा, जनावर
आदि जीवहरुमा केही न केही भिन्नता पाइन्छ ।
– हरेक
जिवित कोषको ल्गअभिगक भित्र रहने म्ल्ब् को संख्या र स्वरुपका कारण वंशानुगत
विविधता देखा पर्छ ।
– जिवहरुको
शरिरमा रहेका कोषहरुको ल्गअभिगक भित्र रहेका वंशानु ले पैत्रिक गुणहरु आफ्नो
सन्तानमा सार्दछन् ।
३) प्रजाती विविधता ः
– एक आपसमा प्रजनन गर्न सक्ने सक्षम जीवहरुको समुहलाई प्रजाति
भनिन्छ । जिवित प्राणी एवं वनस्पतीका प्रजाति प्रजातिबिच हुने विविधतालाई प्रजाती
विविधता भनिन्छ ।
– यसमा
पृथ्वीमा भएका सम्पुर्ण जीवजन्तु, पशुपंछी, रुखविरुवाहरु
पर्दछन् ।
– यसलाई
जातिगत विविधता पनि भनिन्छ ।
जैविक विविधताको महत्व ः
जीवहरुको संरक्षण यसका लागि अनुकुल वातावरण श्रृजना मानिसको गाँसवास, जिवनशैली सामाजिक गतिविधी आर्थिक पक्ष लगायतका पक्षहरुमा
अत्याधिक जैविक विविधताको महत्व रहेको छ । जैविक विविधताको महत्वहरु निम्न प्रकार
छन् ।
– पशुजन्य
उत्पादनबाट मानिसले उपभोग्यवस्तु प्राप्त गर्नुका साथेै विभिन्न आर्थिक क्रियाकलाप
सञ्चालन गर्न
– वनस्पति
उत्पादनबाट मानिसले खाद्यवस्तुका साथै विभिन्न आर्थिक क्रियाकलाप सञ्चालन गर्न
– कृषि
उत्पादन जस्ता आधारभुत खाद्यवस्तु प्राप्त गर्न
– वंशानुमा सुधार मार्फत उत्पादकत्व बढाउन
– भुसंरक्षण
गरि राख्न
– जलश्रोत र जलाधार संरक्षण गर्ने
– प्राकृतिक
सौन्दर्यता कायम राख्न – पर्यटन
विकासमा टेवा पु¥याउन
– वातावरण
सन्तुलन कायम राख्न – पारिस्थिक
प्रणाली सञ्चालन गर्न
– मानिसहरुको
आधारभुत आवश्यकताको परिपुर्ति गरी आर्थिक विकास गर्नका लागि पनि जैविक विविधता
अपरिहार्य मानिन्छ
जैविक विविधताको संरक्षणका उपायहरु ः–
– भौगोलिक परिवेश अनुरुप संरक्षण्का कार्यक्रमहरु तर्जुमा गरिनु
पर्ने ।
– स्थानीय
स्तरमा प्रचारप्रसार र जानकारी साथै स्थानीय व्यक्तिहरुको भुमिका बारे उनीहरुलाई
सचेत बनाउनु पर्ने ।
– स्थानीय
व्यक्तिहरुको सहभागिता वृद्धि हुने कायृहरु तर्जुमा एवं कार्यान्वयन गरिनु पर्छ ।
– धार्मिक÷साँस्कृतिक सम्पदा र परम्पराको सँरक्षण तथा सम्बद्र्धन गरिनु
पर्दछ ।
– वनस्पति
एवं जीवजन्तुको संरक्षण र सँम्वद्र्धन तथा सुरक्षित गरिनृु पर्दछ ।
– स्थानीय
निकायहरुलाई सक्रिय गराई संरक्षण सम्बन्धी नियम, कानुन
आदिको ज्ञान प्रदान गरी चेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने पर्ने ।
जलवायु परिवर्तन
मौसमको अवस्था र प्रणालीमा देखिने उतारचढाव र परिवर्तन नै जलवायु परिवर्तन
हो जसबाट वर्षभरिको वर्षा प्रणाली र तापक्रममा अचानक आउने विषमतालाई बुझन सकिन्छ
भने पृथ्वीको तापक्रममा आउने आसन्दार्भिक बृद्धि नै जलवायु परिवर्तनको मुख्य कारक
तत्व भएपनि मानवले गरेको भौतिक विकास र वनजंगलको नोक्सानका कारण हरित ग्यास
उत्सर्जनमा वृद्धि भई भएको मानिन्छ ।
यसका प्रमुख असरहरु निम्न छन् ।
– समुद्रीतटीय एवं टापुहरु डुवानमा पर्न सक्ने
– जैविक विविधतामा नकारात्मक प्रभाव
– मरुभुमिकरण
– अतिवृष्टि, अनावृष्टि र हुरीबतास
– बाढी, पहिरो एवं भूक्षय आदि
नेपालमा जलवायु परिवर्तनबाट परेको
असरहरु ः—
– नेपालमा
बाढी र खडेरीका घटना बढन थालेका छन् ।
– वर्षामा
अनियमितता भएको छ ।
– खाद्यवाली, बोटविरुवा, फलफुलमा नयाँनयाँ रोग र आक्रमक
किराफट्याङ्ग्रा देखापरेको हुँदा उत्पादनमा ह«ास
आएको छ ।
– साविक
भन्दा अन्नवाली चाँडै पाक्ने र फुल छिटै फुल्न थालेका छन् ।
– सर्प, चिल, गिद्ध र लामखुट्टे उच्च पहाडी भेगमा पनि देखा पर्नु, कुकुरहरुको प्रजनन प्रक्रिया बाह«ै महिना क्रियाशिल र अनौठो व्यवहार देखा पर्न थालिएको छ । आदि
।
जलवायु परिवर्तनका नकारात्मक असर ः—
जलवायु परिवर्तनबाट बच्ने र उत्तम उपाय जलवायु परिवर्तन हुन नदिनु नै हो ।
यसका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ ।
– कार्वन
उत्सर्जन घटाउने ।
– कार्वन
शोषणमा बृद्धि गर्ने ।
– असरलाई
न्युनिकरण गर्ने ।
यसबाट बच्ने उपायहरु ः—
थ् जलवायु परिवर्तनबाट बच्ने प्रमुख र
उत्तम उपाय जलवायु परिवर्तन हुन नदिनु नै हो । तर यसका लागि निम्न उपायहरु अवलम्बन
गर्न सकिन्छ ।
क)
कार्वन
उत्सर्जन घटाउने ।
ख)
कार्वन
शोषणमा बृद्धि गर्ने ।
ग) असरलाई न्युनिकरण गर्ने ।
दीगो विकास ः–
– लामो
समयसम्म टिकाउ हुने वा आफैमा धानिने विकास एवं विकास प्रक्रियालाई वातावरणीयसँग
तालमेल गरी गरिने विकासलाई दिगो विकास भनिन्छ ।
– प्राकृतिक
स्रोत साधन, वातावरण, जनसँख्या र विकास गतिविधिहरुबीचको उचित
एवं सन्तुलित तालमेल नै दिगो विकास हो
– आधारभुत
आवश्यकताको परिपूर्ति तथा विद्यमान स्रोतको उचित प्रयोग गर्र्नुृ दीगो विकासका
सिद्धान्त हुन ।