१.
नेपालको वनस्पतिको परिचय दिई प्रकार समेत लेखि वर्णन समेत गर्नुहोस् ।
हरियो वन नेपालको धन भन्ने
भनाइअनुसार हाल नेपालमा कुल भु–भागको ३९.३५ भाग नेपालको वनस्पतिले ओगटेका छन् । नेपालमा पाइने रुख,
बोटविरुवा, घाँसपात, जडिबुटिहरुलाई नेपालको वनस्पति भनिन्छ । वनजङ्गलमा पाइने जनावर,
पशुपंक्षी, किटपतंग, सरिसृप आदिलाई नेपालको वनसम्पदा भनिन्छ । नेपाललाई वनस्पतिको आधारमा
निम्न ५ भागमा विभाजन गरिएको छ ।
(क) उष्ण प्रदेशिय
सदाबहार जङ्गल
– समुन्द्र सतहको
५९ मिटर देखि १२०० मिटर उचाइसम्म फैलिएको वन क्षेत्रलाई उष्ण प्रदेशिय
सदाबहार जङ्गल भनिन्छ ।
– तराई, भाँवर, दुन, चुरे पर्वतमा पाइने तापक्रम, आद्रता, बर्षाको प्रचुरता, माटोको उर्वरताको कारण अग्ला, मोटा र कडा प्रकृतिका रुखहरु पाउनुको साथै सधैभरि हरियो रहिरहने
हुनाले यसलाई सदावरहार जङ्गल भनिन्छ ।
– चारेकोशे झाडी जङ्गल यसै क्षेत्रमा पाइन्छ ।
– साल, सिसौ, खयर, कत्था, सिमल आदि जातिको बोट
विरुवा र बाघ, भालु, हाती, गैडा, अजिङ्गर जस्ता
जिवजन्तुहरु यस जङ्गगलमा पाईन्छ ।
(ख) समशितोष्ण
पतक्षर जङ्गल
– १२०० मिटर देखि २१०० मिटरसम्मको उचाईमा पाईन्छ ।
– यो जङ्गल चुरे पहाडको माथिल्लो भाग र महाभारतको
तल्लो क्षेत्रमा पाइन्छ ।
– हिउदमा ठण्डा र तुसारोको कारण रुखका पातहरु झरेर
जाने हुनाले यसलाई पतझड जंगल भनिन्छ ।
– यस क्षेत्रमा केही कोणधारी सहितको मिश्रित जंगल
पनि पाइन्छ ।
– यस क्षेत्रमा वर, पिपल, साल, उतिस, लाकुरी, चिलाउने, गुराँस, ओखर आदि वनस्पति पाइन्छ ।
(ग) समशितोषण कोणधारी जङ्गल
– यो जङ्गल २१०० देखि ३३०० मिटर सम्मको उचाईमा
पाईन्छ ।
– अधिकांश समय ठण्डा र हिउँ परिरहने हुनाले यहाँका
रुखका पातहरु माथितिर चुच्चो परेको हुनाले कोणधारी भनिएको हो ।
– यस क्षेत्रमा बर्षा कम र बढी चिसो हुने हुनाले
धुपि, सल्ला, भोजपत्र, देवदारु, गुराँस, कटुस, सुनगाभा आदि वनस्पति पाइन्छ ।
(घ) लेकाली बनस्पति
– ३३०० देखि ५००० मिटरसम्मको उचाईमा फैलिएको
वनस्पतीलाई लेकाली वनस्पती भनिन्छ ।
– यहाँ बर्षैभरि हिउँ, चिसो र शुष्क हावापानी पाइने हुनाले ठुला र अग्ला
रुख नपाई पोथ्रा र झाडी मात्र पाइन्छ ।
– यस क्षेत्रमा प्रशस्त मात्रामा जडीबुटी पाइन्छ ।
– ३६०० मि. को उचाईभन्दा माथि भेडा, च्याङग्रा जस्ता पशुका लागि उपयुक्त घासेमैदान
प्रशस्त मात्रामा रहेको छन् ।
(ङ) हिमाली वा टुन्ड्रा वनस्पती
– हिमाली वनस्पती ५००० मिटरभन्दा बढि उचाइमा पाइन्छ
।
– बाह«ै महिना हिउँ पर्ने, हिउँ नअड्ने भिरालो ठाउँमा उम्रेका लेउ र झ्याउलाई टुण्ड्रा बनस्पति
भनिन्छ ।
– यहाँ हिममानव (यति) को बासस्थान समेत रहेको
छ ।
– यो हिमाली वनस्पति हिम मरुस्थलिय वनस्पति र
शितमरुभुमि वनस्पतिको उपनामले समेत चिनिन्छ ।
– यस क्षेत्रलाई सधै हिउले ढाकिरहने हुँदा यस
क्षेत्रमा काई र लेउ हुन्छ भने रुखहरु पाइदैन् ।
– यसलाई एक प्रकारले वनस्पति विहीन क्षेत्र पनि
मान्न सकिन्छ ।
राष्ट्रिय निकुञ्जको
किन आवश्यकता पर्दछ ? उल्लेख गर्नुहोस ।
राष्ट्रिय निकुञ्ज वन तथा वनस्पति र
जीवजन्तुको संरक्षणमा अत्यन्त उपयोगी हुन्छ । यसको सुरक्षाको लागी सरकारले छुट्टै
व्यवस्था गरेको हुन्छ ।
– वन फडानी रोक्न – वन्यजन्तुको संरक्षण गर्न
– माटोको आवश्यक गुण कायम राख्न – दुर्लभ वन्यजन्तु तथा प्राकृतिक सुन्दरता जोगाउन
– जैविक विविधता, जलाधार क्षेत्र एवं जंगलको संरक्षण गर्न –
विशेष प्रकारको सुरक्षा व्यवस्था अपनाउन
– राष्ट्रिय पहिचानको लागी
२. नेपालका
वनसम्पदाका महत्वहरु उल्लेख गर्नुहोस् ।
नेपालका वनसम्पदाका महत्वहरु निम्नानुसार रहेका
छन् ।
– पर्यावरण सन्तुलन – भु–क्षय नियन्त्रण, बाढी पहिरो नियन्त्रण
– जलश्रोत र जलाधारको संरक्षण – स्वच्छ , सन्तुलित हावापानीको
आधार
– पर्यटकीय क्षेत्रको विकास गर्ने – निर्यातको मुख्य स्रोत
– निर्माण कार्यको लागी महत्वपुर्ण सामग्री –
रोजगारमा वृद्धि
– दैनिक घरेलु इन्धनको रुपमा दाउराको आपुर्ति – कृषि र उद्योगका लागि आधारभूत कच्चा पदार्थ
– वन्यजन्तु, पशुपंक्षीलाई वासस्थान उपलब्ध – अमूल्य र दुर्लभ जडिबुटिको श्रोत
३. वन विनासका मुख्य
कारणहरु ः–
– जनचेतना स्तरमा कमी – जनसङख्याको वृद्धि
– अव्यवस्थित बसाईसराई – उर्जा आपुर्तिको मुख्य स्रोतको रुपमा उपयोग गर्नु
– संरक्षण सम्बन्धी निति र कार्यक्रमको प्रभावकारी
कार्यान्वयन हुन नसक्नु
– चोरी निकासीमा वृद्धि हुनु – खुल्ला सिमाना हुनु
– अनुगमन तथा मुल्याङकनको भरपर्दो व्यवस्था
४. वन विनाश रोक्ने
उपायहरु÷वन संरक्षणका
उपायहरु ः–
– जनचेतना अभिवृद्धि गरिनुपर्ने
– वृक्षारोपन व्यापक मात्रामा गर्ने र व्यवस्थापन
संरक्षण एवं संवद्र्धन गर्नु पर्ने
– उर्जाको मुख्य स्रोतको रुपमा रहेको दाउरालाई
न्युनिकरण गर्न वैकल्पिक उर्जाका स्रोतहरुमा पहुँच विस्तार गरिनु पर्ने
– चोरी निकासीलाई नियन्त्रण गरिनु पर्ने
– वन विनाश गर्नेलाई दण्ड र संरक्षण गर्नेलाई
पुरस्कृत गरिनु पर्ने
– अनुगमन तथा मुल्याङकनको सँस्थागत व्यवस्था गरी
प्रभावकारी तुल्याउनु पर्ने
– सामुदायिक निजी वनलाई प्राथमिकता र प्रोत्साहन
गरिनु पर्ने
– वन सुरक्षा स्थितिलाई मजबुत बनाउनु पर्ने ।