नेपालमा प्रचलित केही प्रमुख धर्महरु
क) हिन्दु धर्म
– विश्वको प्राचीन तथा स्नातन धर्म
– प्रमुख पुस्तकहरु ः वेद, रामायण ,भहाभारत, उपनिषद, पुराण अािद
– प्रमुख देवताहरु ः गणेश, सुर्य, देवी, विष्णु, शंकर ।
– विशाल समुदायले मान्ने र विशाल धार्मिक साहित्य भएको धर्म ।
– मूलत ः देवी देवताप््राति आस्था, पुनर्जन्म आदिमा विश्वास गर्ने धर्म हो ।
– यो धर्मका सँस्थापक कुनै व्यक्ति वा सँस्था नभई यसको विकासमा लाखौ
व्यक्ति तथा सँस्थाहरुको योगदान रहेको छ ।
ख) बौद्ध धर्म
– नेपालको लुम्बिनीमा जन्मिएका भगवान बुद्ध यस धर्मका प्रवर्तक र
सँस्थापक मानिन्छन् ।
– बौद्ध धर्मका प्रमुख धार्मिक ग्रन्थ त्रिपिटक हो ।
– बौद्ध धर्मको पुजास्थललाई विहार, मठ वा स्तूप भनिन्छ ।
– ज्ञान, सत्कर्म र अहिंसामा
विश्वास गर्ने जातीय भेदभाव र अस्पृश्यतालाई नमान्ने यस धर्मलाई युग सापेक्ष
वैज्ञानिक धर्म भनिन्छ ।
ग) इसाई धर्म
– जेरुसेलममा जन्मेका जिसस क्राइष्टलाई इसाई धर्मका प्रवर्तक मानिन्छ ।
– धार्मिक ग्रन्थलाई बाइबल र पुजास्थललाई चर्च (गिर्जाघर) भनिन्छ ।
– लोभ गर्न नहुने र आफुलाई दीनहिन तथा दास सम्झन नहुने कुरामा जोड दिएको
पाइन्छ ।
घ) इस्लाम धर्म
– साउदी अरवको मक्कामा जन्मिएका पैगम्बर मोहम्मद इस्लाम धर्मका प्रवर्तक
र सँस्थापक मानिन्छन् ।
– यो धर्म मान्नेहरुलाई मुस्लिम वा मुसलमान भनिन्छ ।
– धार्मिक ग्रन्थलाई कुरान पाक र कुरान शरीफ भनिन्छ ।
– पुजा स्थललाई मस्जिद भनिन्छ ।
– मुसलमानहरु एक मात्र इश्वरलाई अल्लाह भन्छन ।
– इस्लाम धर्मका प्रचारक पैगमबर मोहम्मदलाई अल्लाहका दुत पनि भनिन्छ ।
ङ) शिख धर्म
– पाकिस्तानमा पर्ने पञ्जाव प्रान्तको ननकला भन्ने ठाउमा जन्मिएका
शिखहरुका अराध्य देवता गुरु नानकले स्थापना गरेका हुन
– शिखहरुले मान्ने धर्म
– धार्मिक ग्रन्थलाई गुरु ग्रन्थ साहेव भनिन्छ भने पुजास्थललाई
गुरुद्धारा भनिन्छ ।
– अहिंसा, सत्कार्य, परोपकारलाई शिख धर्मले जोड दिएको छ ।
च) जैन धर्म
– भगवान् विष्णुका २४ अवतारहरुमध्ये ८ औं अवतार तीर्थङकर भगवान बर्धमान
महावीर जैन यस धर्मका प्रवर्तक मानिन्छ ।
– महावीर स्वामीको जन्म नेपालको जनकपुर क्षेत्रमा भएको मानिन्छ ।
– जैन धर्मको धार्मिक ग्रन्थ वचनामृत हो ।
– पवित्रता, सच्चरित्रता र
अहिंसालाई यो धर्मले विशेष जोड दिएको छ ।
छ) फारसी धर्म
– फारसीहरुको प्रमुख धर्म फारसी धर्मका प्रवर्तकलाई माहात्मा जोराष्टर
भनिन्छ । यिनले अग्नी र सुर्यको पुजा गर्ने चलन चलाएका थिए ।
– फारसी धर्मालम्बीहरुको पुजास्थललाई अग्नि मान्दी भनिन्छ ।
– फारसी धर्मालम्बीहरुलाई जलाउने वा गाडने नगरी मृत्युपछि मानव शरीरको
उपयोग अर्काका भलाईका लागी होस भनी मृत शरीरलाई उच्च ठाउँमा राखी खुला छोडिन्छ
जसलाई कौवा , चिलले खान्छन् ।
नेपालका भाषाहरु
— भाषा भन्नाले बोलिको अभिव्यक्तिलाई बुझिन्छ ।
— नेपालमा बोलिने भाषालाई चार ओटा भाषा परिवारमा निम्नानुसार बाँडिएको छ
।
१) भारोपेली भाषा परिवार ः
— संसारको सबभन्दा ठुलो भाषा परिवार जुन भारतेली र युरोपेली शब्दको
संयोजनबाट भएको मानिन्छ ।
— अंग्रेजी, फ्रेन्च, जर्मन, रसियन आदि संसारका प्रसिद्ध भाषाहरु तथा नेपालमा बोलिने नेपाली,
मैथिली, भोजपुरी, थारु, राजवंशी, दनुवारी, माझी, कुमाल, दरै, ताजपुरी, बोटे अवधि आदि
भाषाहरु भारोपेली भाषा परिवार अन्तर्गत पर्दछन्।
— भारोपेली भाषा परिवारलाई शतम् र केन्तुम गरि दुई भागमा विभाजन गरिएको
छ ।
२) चिनियाँ तिब्बती वा भोट बर्मेली भाषा परिवार
— संसारमा भारोपेली भाषा परिवारपछि सबैभन्दा बढी मानिसहरुले बोल्ने भाषा
परिवार भोट–बर्मेली अर्थात
चीनिया तिव्वती भाषा परिवार हो।
— भोट बर्मेली भाषा परिवारको मुख्य क्षेत्र चीन, म्यानमार, भुटान, थाइल्याण्ड, भारत, नेपाल, बंगलादेश आदि हुन ।
— नेपालमा बोलिने नेवारी, मगर, गुरुङ, तामाङ, शेर्पा, राई–किराती, लिम्बु, थामी, सुनुवार, थकाली, राजी, राउटे, चेपाङ, जिरेल, हायु, धिमाल, मेचे, दुरा, तिब्बती, आदि भाषाहरु भोट
बर्मेली भाषा परिवार अन्तर्गत पर्दछन् ।
— भोट बर्मेली भाषा परिवारलाई मंगोल मुलका जातिको भाषा पनि भनिन्छ ।
३) द्रविड भाषा परिवार
— यो भाषा परिवारको मुख्य क्षेत्र भारत हो । भारतमा बोलिने तामिल,
तेलगु, मलयालम, कन्नड, आदि भाषाहरु यही
भाषा परिवारअन्तर्गत पर्दछन् ।
— नेपालको पुर्वी तराईमा बोलिने झाँगड भाषा यस भाषा परिवार अन्तर्गत
पर्दछन् ।
४) आग्नेय (आग्नेली) भाषा परिवार
— भारतको आसाम, बंगाल र विहारमा यस भाषा परिवार अन्तर्गतको सन्थाल भाषा बोल्ने जातिको
बसोवास रहेको छ ।
— नेपालमा यस भाषा परिवार अन्तर्गत बोलिने एक मात्र भाषा सतार अर्थात
सन्थाल हो ।