निजामति सेवा
१. निजामती सेवा भनेको के हो ?
– विशिष्ट सीप , ज्ञान र क्षमता भएका स्थायी प्रवृतिका राज्यको कोषबाट तलब भत्ता पाउने,
गैर सैनिक व्यवसायीक समूहलाई निजामती सेवा
भनिन्छ ।
– नेपालको अन्तरिम संविधान २०६३ को धारा १२६ अनुसार सैनिक, अधिकृत वा जवान र सशस्त्र प्रहरी वा प्रहरी
कर्मचारीको सेवा वा पद तथा निजामति सेवा वा पद होइन भनी ऐनद्धारा तोकिएको अन्य
सेवा वा पद बाहेक नेपाल सरकारका अरु सवै सेवा वा पदलाई निजामति सेवा वा पद भनिन्छ
।
– सरकारको स्थायी अंग ।
– सरकारद्धारा जनताको सेवा गर्न स्थापित संयन्त्र ।
– निजामति सेवा सार्वजनिक कर्मचारी प्रशासनको अभिन्न अंग पनि हो ।
– नेपाल लगायत विश्वका धेरै जसो मुलुृकहरुमा सैनिक तथा प्रहरी सेवा
बाहेकको सरकारी सेवालाई निजामति सेवा भन्ने गरिन्छ ।
– निजामति सेवा राज्य व्यवस्था सञ्चालनको एक अनिवार्य तथा आधारभुत अंग
हो ।
निजामति सेवाका विशेषताहरु ः–
– स्थायीत्व – योग्यता प्रणाली
– व्यवसायिकता – कानुनी आधार
– गैर सैनिक चरित्र – राजनैतिक ततस्थता
– स्वतन्त्र निकायद्धारा कर्मचारी छनौट – राष्ट्र सेवामा समर्पित
– सेवाको सुरक्षा – निवृतिभरणको व्यवस्था
– राजनिति र जनताप्रति दोहोरो उत्तरदायी – तलब भत्ताको व्यवस्था
निजामति सेवाको प्रकृति÷प्रवृति ः–
साकारात्मक पक्ष ः
– योग्यतामा आधारित छनौट – नागरिक वडापत्र–जवाफदेहितातर्फ उन्मुख
– शरुवा, बढुवा –
व्यवसायिक सुरक्षा र गुनासो सुनुवाई
– कानुनी उपचारको व्यवस्था – विभिन्न सेवा समुहको गठन
– समावेशीकरणमा जोड – एकीकृत निजामति सेवातर्फ उन्मुख
– निर्णयतह घट्दो
नाकारात्मक पक्ष ः
– कामचोर र जिम्मेवारी पन्छाउने प्रवृति – उत्तरदायित्व निर्वाह नगर्ने
– प्रक्रियामा अल्झिनु÷अनुत्पादक
– भष्टाचार
– हाकिम मुखी – सेवामुखी भन्दा पदमुखी
– बोझिलो संगठन
– छिटो छरितो ऐन नियम
परिवर्तन (औचित्य सपष्ट छैन)
– राजनितिसंगको सम्बन्ध राम्रो नहुनु – पेशागत संगठनहरुको नाममा राजनितिको पक्षपोषण
२. निजामती सेवा अन्तर्गतका सेवाहरु उल्लेख
गर्नुहोस ?
भ् निजामति सेवा ऐन,२०४९ को दफा (२) मा निजामति सेवा भन्नाले दफा ३
बमोजिम गठित निजामति सेवालाई बुझाउछ ।
निजामती सेवा अन्तर्गतका सेवाहरु निम्नलिखित यसप्रकार छन् ।
– नेपाल आर्थिक योजना तथा तथ्याङक सेवा
– नेपाल इन्जिनियरिंग सेवा
– नेपाल कृषि सेवा
– नेपाल न्याय सेवा
– नेपाल परराष्ट्र सेवा
– नेपाल प्रशासन सेवा
– नेपाल लेखापरिक्षण सेवा
– नेपाल वन सेवा
– नेपाल शिक्षा सेवा
– नेपाल विविध सेवा
३. निजामति सेवामा रहने श्रेणीहरु उल्लेख
गर्नुहोस ।
निजामति
सेवामा रहने श्रेणीहरु निम्न छन् ।
राजपत्रांकित राजपत्र अनंकित
विशिष्ट श्रेणी प्रथम श्रेणी
प्रथम श्रेणी द्धितिय श्रेणी
द्धितिय श्रेणी तृतिय श्रेणी
तृतिय श्रेणी चतुर्थ श्रेणी
चतुर्थ श्रेणी
पाचौ श्रेणी
४. निजामति सेवा लाई समावेशी बनाउने सन्दर्भमा
अपनाइएको व्यवस्था ।
निजामति
सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्धारा पूर्ति गर्ने पदमध्ये ४५ प्रतिशत
पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी देहाय बमोजिमका उम्मेदवारहरु बीचमा मात्र
छुटाछुटै प्रतिस्पर्धा गराई पदपुर्ति गरिने व्यवस्था छ ।
महिला ३३
प्रतिशत
आदिवासी जनजाती
२७ प्रतिशत
मधेशी २२
प्रतिशत
दलित
९ प्रतिशत
अपाङग ५ प्रतिशत
पिछडिएका क्षेत्र ४ प्रतिशत
५. निजामति सेवा लाईं समावेशी बनाउन छुट्याइएका
पिछडिएका क्षेत्र अन्तर्गत कुन जिल्लाहरु पर्दछन् ।
निजामती
सेवा ऐन , २०४९ मा २०६४ साउन
२३ गते भएको दोस्रो संसोधनले निजामति सेवालाई समावेशी बनाउन खुल्ला
प्रतियोगिताद्धारा पुर्ति हुने पदमध्ये चार प्रतिशत पिछडिएको क्षेत्रको
लागी छुट्याइएको छ । ती जिल्लाहरु अन्तर्गत निम्न जिल्लाहरु पर्दछन् ।
जुमला, डोल्पा, कालिकोट, बाजुरा, बझाङ, मुगु, हूमला , जाजरकोट, अछाम
६. निजामति सेवाको पदमा उम्मेदवार हुन कस्तो
योग्यता हुनुपर्दछ ?
निजामति
सेवाको पदमा उम्मेदवार हुन निम्नलिखित योग्यताहरु हुनुपर्दछ ।
· राजपत्रांकित पदमा २१ वर्ष उमेर पुगेको हुनुपर्दछ ।
· राजपत्र अनंकित पदमा १८ वर्ष उमेर पुगेको हुनुपर्दछ ।
· पुरुषको हकमा ३५ वर्ष उमेर ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको ।
· भविष्यमा सरकारी सेवाको निमित अयोग्य ठहरिने गरी बर्खास्त नगरिएको ।
· अदालतबट नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको ।
७. निजामति कर्मचारीले पाउने बिदाहरु उल्लेख
गर्नुहोस ।
· भैपरी आउने पर्व विदा ः – ६ ६ दिन गरी १२ दिन , सञ्चित गर्न नपाइने ।
· घर विदा ः– काम गरेको १२ दिनको
१ दिनको दरले महिनामा २.५ दिन अर्थात जम्मा ३० दिन, १८० दिन सञ्चीत गर्न पाइने ।
· विरामी विदाः– प्रत्येक वर्ष १२ दिन , सञ्चित गर्न पाइने , अवकाश पाउदा एकमुष्ठ भुक्तानी पाउने , विरामी भई सञ्चितले नपुग्ने भएमा १२ दिन थप
पेश्की पाइने , त्यतिले पनि नपुग भए
थप ४५ दिन समेत पाइने ।
· प्रसुति विदाः– सुत्केर िहुनु अगाडी र पछाडी ६० दिन । सेवा अवधिमा २ पटक, थप ६ महिनासम्म वेतलवी लिन सकिने, रु.५००० शिशु स्याहार भत्ता दुई पटक सम्म पाइने ।
· प्रसुति स्याहार विदा ः– एक पटकमा १५ दिन पाइने , सेवा अवधिभर बढीमा २ पटक , जन्मदर्ता प्रमाण पत्र पेश गर्नुपर्ने ।
· क्रिया विदाः– आफै क्रियामा बस्नु परेमा वा बाबु , आमा ,बाजे, बज्यै, छोराछोरी, सासु, सासुरा,पतिपत्नीको मृत्यु
भएमा १५ दिन ।
· अध्ययन विदाः– सेवा अवधि ३ वर्ष पुगेको कर्मचारीले निजामति सेवालाई उपयोगी र आवश्यक
पर्ने विषयमा सेवा अवधिमा ३ वर्ष, बढीमा २ वर्ष सम्म थप हुन सक्ने ।
· असाधारण विदाः– ५ वर्ष सेवा अवधि पुगेकोले मात्र पाउने । नेपाल सरकारको स्विकृतिमा
तलव नपाउने गरी १ पटकमा बढीमा १ वर्ष गरी सेवा अवधि भरमा वढीमा ३ वर्ष लिन सकिने ।
· वेतलवी विदाः– पति वा पत्नी विदेश स्थित नेपाली राजदुतावास वा कुनै नियोगमा खटिन
गएमा बढीमा ५ वर्षसम्म पाइने ।
८. निजामति कर्मचारीको तलव,भत्ता तथा अन्य सुविधा पुनरावलोकन समितिमा को को
रहन्छन् ।
· नेपाल सरकारको मुख्य सचिव अध्यक्ष
· सचिव, अर्थमन्त्रालय सदस्य
· सचिव, सामान्य प्रशासन
मन्त्रालय सदस्य
९. निजामति सेवा पुरस्कारको बारेमा लेख्नुहोस ।
नेपाल सरकारले निजामति सेवा पुरस्कार प्रत्येक
वर्ष देहायका अनुसार पुरस्कारहरु दिने व्यवस्था निजामति
सेवा
नियमावली २०५० को नियम ११६ क मा उल्लेख छ ।
सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार १ जना रु. २,००,०००÷–
उत्कृष्ट
निजामति सेवा पुरस्कार १०
जना रु. १,००,०००÷–
निजामति सेवा पुरस्कार ३० जना रु ५०,०००÷–
१०. निजामती कर्मचारीलाई दिन सक्ने सजायहरु के–के हुन ?
निजामती सेवा एृन,२०४९ बमोजिम निजामती कर्मचारीलाई दिइने सजायहरु
निम्न छन् ।
(क)
सामान्य सजाय
· नसियत दिने ।
· दुई वर्षसम्म बढुवा रोक्का गर्ने वा दुई तलव वृद्धि रोक्का गर्ने ।
· दुई देखि पाँच वर्षसम्म बढुवा
रोक्का गर्ने वा दुई देखि पाँच तलव वृद्धि रोक्का गर्ने ।
(ख)
विशेष सजाय
· भविष्यमा सरकारी सेवाका निमीत्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त
गर्न सकिने ।
· भविष्यमा सरकारी सेवाका निमीत्त योग्य ठहरिने गरी सेवाबाट बर्खास्त
गर्न सकिने ।
११. कस्तो अवस्थामा निजामती कर्मचारीलाई नसियत
दिने, दुई वर्षसम्म बढुवा
रोक्का गर्ने वा दुई तलव वृद्धि
रोक्का गर्ने सजाय गर्न सकिन्छ ?
· निजले गरेको कार्य सन्तोषक जनक नभएमा ।
· निजले प्रचलित कानुन बमोजिम बरबुझारथ नगरेमा ।
· कानुनले तोकेको पदीय दायित्य जिम्मेवारी पुर्वक निर्वाह नगरेमा ।
· एक वर्षमा दुई पटकसम्म लिखित चेतावनी पाएमा ।
· अनुशासनहिन काम गरेमा ।
· सेवाग्राहीको पिर मार्का र उजुरी पटक–पटक बेवास्ता गरेको सम्बन्धमा माथिल्लो अधिकारीले
दिएको निर्देशन पालन नगरेमा ।
११. कस्तो अवस्थामा निजामती कर्मचारीलाई पाँच
वर्षसम्म बढुवा रोक्का गर्ने वा पाँच तलव वृद्धि सम्म
रोक्का गर्ने सजाय गर्न सकिन्छ ?
– अनुशासनहीन कार्य गरेमा ।
– आचरण सम्बन्धी कुराहरु उल्लंघन गरेमा ।
– प्रचलित कानुन बमोजिम पेश्की फछ्र्यौट नगरेमा ।
– यवस्थापन परीक्षणबाट देखिएका अनियमितता सम्बन्धमा दिएको निर्देशन
पालना नगरेमा ।
– पूर्व स्वीकृति नलिई बरावर कार्यालयमा अनुपस्थित रहेमा ।
१२. कस्तो अवस्थामा निजामती कर्मचारीलाई भविष्यमा
सरकारी सेवाका निमीत्त अयोग्य नठहरिने गरी सेवाबाट
बर्खास्त गर्न सकिर्ने सजाय गर्न सकिन्छ ?
– बरावर अनुशासनहीन काम गरेको खण्डमा ।
– निजामति कर्मचारीले अयोग्यताको कारणले आफ्नो पदको काम वा जिम्मेवारी
पूरा गर्न नसकेमा ।
– कार्यालयको समयमा बरावर मादक पदार्थ सेवन गरेमा ।
– आचरण सम्बन्धी कुरा बरावर उल्लङघन गरेमा ।
– आफ्नो पदीय दायीत्व बरावर वेवास्ता गरेमा ।
– राजनितिमा भाग लिएमा ।
– विदा स्वीकृत नगराई लगातार ९० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित
रहेमा ।
१२. कस्तो अवस्थामा निजामती कर्मचारीलाई भविष्यमा
सरकारी सेवाका निमीत्त अयोग्य ठहरिने गरी सेवाबाट
बर्खास्त गर्न सकिर्ने सजाय गर्न सकिन्छ ?
– नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा ।
– भ्रष्टाचार गरेमा ।
१३. निजामती सेवा पुरस्कारको सिफारिसको लागी गठित
समितीमा को–को रहन्छन् ।
नेपाल
सरकारको मुख्य सचिव
अध्यक्ष
कानुन
तथा न्याय मन्त्रालयको सचिव
सदस्य
नेपाल
सरकारले तोकेको नेपाल सरकारको कुनै सचिव सदस्य
विशिष्ट श्रेणीबाट सेवानिवृत कर्मचारी मध्ये नेपाल सरकारले तोकेको
व्यक्ति सदस्य
सामान्य प्रशासन मन्त्रालयको सचिव नेपाल इन्जिनियरिङग सेवा सदस्य
१४. निजामती कर्मचारीले पालन गर्नुपर्ने आचरणहरु
उल्लेख गर्नुहोस् ।
– समयको पालन र नियमितता
– अनुशासन र आज्ञापालन
– दान,चन्दा,उपहार र सापटी लिन नहुने ।
– सरकारको आलोचना गर्न नहुने ।
– सरकारी कामकाजको समाचार प्रशारणमा प्रतिबन्ध ।
– कम्पनी सञ्चालन तथा व्यापार गर्न नहुने ।
– राजनैतिक तथा अवान्छनीय प्रभाव पार्न नहुने ।
– राजनितिमा भाग लिन नहुने ।
– प्रतिनिधित्व गर्नमा प्रतिबन्ध ।
– प्रदर्शन र हड्ताल गर्नमा प्रतिबन्ध ।
– निर्वाचनमा भाग लिन नहुने ।
– सम्पति विवरण पेश गर्नु पर्ने ।
– कसैलाई यातना दिन नहुने ।
– सवैप्रति शिष्ट व्यवहार गर्नु पर्ने ।
तर,
– निजामति कर्मचारीहरु ट्रड युनियनको नाममा राजनैतिक गर्ने गरेको ।
– न्युन तलबले गर्दा अन्य आयआर्जनको काममा लागेका ।
– राजनैतिकले प्रशासनसंग र प्रशासनले राजनैतिकसंग मिलेर भ्रष्टाचार
गर्ने गरेको ।
– जनताको सेवक भन्दा शासक बन्ने गरेको ।
१५. निजामती कर्मचारीले पाउन सक्ने मुख्य मुख्य
सुविधाहरु के के हुन् ।
· तलब ः– निजामती कर्मचारीले
प्रत्येक महिना भुक्तान भएपछि तलब र भत्ता पाउने भए भत्ता समेत पाउने व्यवस्था छ ।
· ग्रेडः–स्थायी कर्मचारले १
वर्ष सेवा पुरा गरिसकेपछि निजको शुरु तलब स्केलको दरले हुने एक दिनको तलब बरावरको
ग्रेड पाउने व्यवस्था छ ।
· सञ्चयकोषः– कर्मचारीको मासिक
तलवबाट १० प्रतिशतका दरले कट्टा गरि सोही बरावरको रकम नेपाल सरकारले थप गरी कर्मचारी
सञ्चयकोषमा जम्मा हुने व्यवस्था छ ।
· चाडपर्व खर्च ः– कर्मचारीले आफनो धर्म,सँस्कृति, परम्परा अनुसार
मनाइने चाडपर्वको लागी खाईपाई आएको १ महिना बराबरको रकम आर्थिक वर्षमा एक पटक
पाउने व्यवस्था छ ।
· बीमा सुविधा ः– कर्मचारीको मासिक तलबबाट रु. २०० कट्टा गरी सोही बरावरको रकम नेपाल
सरकारबाट थप गरी बीमांक रकम रु. १,००,००० बराबरको
बीसवर्षे सावधिक बीमा गरिदिने व्यवस्था छ ।
· निवृतीभरण ः– वीस वर्ष वा सो भन्दा बढी समय सेवा गरेको निजामति कर्मचारीले जम्मा
सेवा बर्षलाई आखिरी तलब मानले गुणा गरी आउने अंकलाई ५० ले भाग गर्दा आउने अंक
बराबरको रकम मासिक निवृतिभरणको रुपमा दिइन्छ ।
· विशेष आर्थिक सुविधा ः– निजामति कर्मचारीको सेवामा छँदै मृत्यु भएमा निजको परिवारलाई रु. १,५०,००० एकमुष्ठ प्रदान गरिनेछ ।
· उपचार खर्च ः– सेवा अवधि भरमा राजपत्रांकित कर्मचारी भए १२ महिनाको, रा.प्र. अनंकित प्रथम श्रेणीको कर्मचारी भए १८
महिना र अन्य कर्मचारीले २१ महिना बराबरको रकम उपचार खर्च वापत पाउने व्यवस्था छ ।
· सन्तति शैक्षिक वृति ः– कामको शिलशिलामा दुर्घटनामा परि मृत्यु भएमा वा आजीवन अशक्त भएमा
निजामति कर्मचारीका बढीमा २ सन्तानलाई राजपत्रांकित भए प्रति सन्तति रु.२४०० र
अनंकित भए प्रति सन्तति रु. १८०० का दरले वार्षिक शैक्षिक वृति दिने व्यवस्था छ ।
१७. विदा दिने अधिकारी बारे लेख्नुहोस् ।
विदाको किसिम विदा स्वीकृत
गर्ने अधिकारी
क)
भैपरी आउने र पर्व विदा सम्वन्धित
कार्यालय प्रमुख वा विभागिय प्रमुख
ख) घर
विदा सम्वन्धित कार्यालय प्रमुख वा विभागिय प्रमुख
ग)
विरामी विदा
सम्वन्धित कार्यालय प्रमुख वा विभागिय प्रमुख
घ)
प्रसुति विदा
सम्वन्धित कार्यालय प्रमुख वा
विभागिय प्रमुख
ङ)
प्रसूति स्याहार बिदा
सम्वन्धित कार्यालय प्रमुख वा विभागिय प्रमुख
च)
किरिया बिदा सम्वन्धित कार्यालय प्रमुख वा
विभागिय प्रमुख
छ)
अध्ययन बिदा
नेपाल सरकार
ज) असाधारण विदा नेपाल
सरकार
– विशिष्ट श्रेणीको कर्मचारीको भैपरी आउने र पर्व बिदा वाहेक अन्य
विदाहरु नेपाल सरकारले स्विकृत गर्दछ ।
– भैपरी आउने पर्व विदा विभागीय प्रमुख र कार्यालय प्रमुख आफैले लिन
सक्नेछ ।
– बिदा परिणत नहुने ः– निजामति कर्मचारीले जुन बिदा लिई बसेको हो सोही विदा नै उपभोग गर्नुपर्नेछ
। पहिले कुनै एक किसिमको बिदा स्वीकृत भएकोमा त्यस्तो बिदा पछि किरिया बिदा वा
प्रसुति बिदा बाहेक अर्को किसिमको बिदामा परिणत हुदैन् ।
१८. नेपालमा निजामति सेवाका रहेका चुनौतीहरु
उल्लेख गर्नुहोस ।
– राजनीतकि र प्रशासनिक निकायबीचको सम्बन्ध स्पष्ट नभएकोले निजामति
सेवाको गुणस्तर प्रभावित हुनु ।
– पेशागत दक्षताको विकास हुन नसक्नु ।
– कार्य विवरण स्पष्ट नहुनु ।
– निजामति कर्मचारीहरुबाट उपलब्ध हुने सेवाहरुमा गुणस्तर वृद्धि नहुनु ।
– प्रविधिको द्रुततर विकास र विश्वव्यापीकरणका सन्दर्भमा आवश्यक
गतिशिलता नदेखिनु ।
– प्रतिस्पर्धात्मक प्रशासनको अवधारणालाई आत्मसात गर्न नसक्नु ।
– समन्वयको अभाव र विश्वासको सङकट हुनु ।
– देशको सबै क्षेत्र र वर्गको समानुपातिक प्रतिनिधित्व हुन नसक्नु ।
१९. निजामति कर्मचारीले पाउने उपदानबारे
लेख्नुहोस ।
पाँच वा पाँच वर्ष भन्दा बढी सेवा गरेको तर निवृतिभरण पाउने अवधि नपुगेका
निजामति कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा
भविष्यमा सरकार सेवाको निमित अयोग्य नठहरिने गरी पदबाट हटाइएमा देहायका बमोजिन
उपदान पाउने व्यवस्था छ ।
· पाँच वर्षदेखि दश वर्ष सम्म सेवा गरेको निजामति कर्मचारीले आफुले काम
गरेको प्रत्येक बर्षको निमित आखिरी आधा महिनाको तलब ।
· दस वर्षदेखि पनध्र वर्ष सम्म सेवा गरेको निजामति कर्मचारीले आफुले काम
गरेको प्रत्येक बर्षको निमित आखिरी एक महिनाको तलब ।
· १५ वर्षदेखि २० वर्ष भन्दा कम सेवा गरेको निजामति कर्मचारीले आफुले
काम गरेको प्रत्येक बर्षको निमित आखिरी डेढ महिनाको तलब ।
२०. कस्तो अवस्थामा निजामति कर्मचारीको आफ्नो
पदमाथिको पदाधिकार कायमै रहन्छ ?
· त्यस पदमा कामकाज गरिरहँदा सम्म ।
· अर्को पदमा सरुवा भई कार्यभार सम्हाल्न पाइने म्यादसम्म ।
· बिदामा रहेको बखत ।
· निलम्बनमा रहेको बखत ।
· नेपाल सरकारद्धारा सरकारी वा गैरसरकारी काममा खटाइएका बखत वा कुनै
अन्य पदमा कायम भई काम गरेको बखत ।
२१. निजामति कर्मचारीलाई विभागीय सजाय दिँदा
अपनाउनु पर्ने प्रक्रियाका बारेमा लेख्नुहोस ।
– निजामती कर्मचारीलाई के कस्तो विभागीय सजाय गर्न लागिएको हो सुचना
गर्ने ।
– आवश्यक वा मूनासिव देखिएमा निलम्बन गर्ने ।
– सफाई पेश गर्ने मौका दिनुपर्ने ।
– विशेष सजायको आदेश दिनुभन्दा पहिले सजाय प्रस्ताव गर्ने ।
– लोक सेवा आयोगको परामर्श लिनुपर्ने ।
– सम्मानित र शिष्ट भाषा सजाय उपर पुनरावेदन सून्ने व्यवस्था गरिनुपर्ने
।
२२. निजामति कर्मचारी बढुवा हुन नसक्ने अवस्थाहरु
कुन कुन हुन् ?
– निलम्बन भएकोमा निलम्बन भएको अवधिभर ।
– बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर ।
– तलब वृद्धि रोक्का भएकोमा रोक्का भएको अवधिभर ।
– सेवा समुह परिवर्तन गरेको कर्मचारी भए त्यसरी सेवा वा समुह परिवर्तन
भएको मितिले ३ वर्ष र आफैले निवेदन दिई
सेवा वा समुह परिवर्तन गरेको भए त्यसरी सेवा वा समूह परिवर्तन गरको मितिले ५
वर्षको अवधिभर ।
वृति विकास
कुनै व्यक्तिले जीवन निर्वाहको लागि अवलम्बन
गरेको पेशा वा व्यवसायलाई वृति भनिन्छ । वृति विकासको सम्बन्धमा भएका व्यवस्थाहरु
निम्नानुसार रहेको छ ।
– बढुवाको व्यवस्था – तालिम एवम् अध्ययनको व्यवस्था
– दण्ड, सजाय एवम्
पुरस्कारको व्यवस्था – सरुवाको व्यवस्था
– सुरक्षाको व्यवस्था –
तलब नघटने प्रत्याभुति
– गुनासो सुनवाईको व्यवस्था – स्थायीत्व आदि