समावेशीकरण, समानुपातिक प्रतिनिधित्व तथा साकारात्मक विभेद
समावेशीकरणको अवधारणा ः–
समावेशी शब्दको त्यति धेरै लामो ईतिहास छैन । सर्वप्रथम हाकिन्स पाउलसले
आफ्नो सन् १९७७ मा प्रकाशित त्यधबचम बल क्ष्लअगिकष्खभ म्झयअचबअथ नामक पुस्तकमा यो
शब्दको प्रयोग गरेको थियो । जसमा समावेशी प्रजातन्त्र भनेको त्यस्तो सामाजिक संगठन
हो जसले समाजलाई आर्थिक, राजनितिक र प्राकृतिक रुपमा पुनः एकिकरण गर्दछ ।
यसले वर्तमान सङकटको
सम्बोधन गर्दै शक्तिको सवै तहमा सामान अंशियार सम्बन्धी सिद्धान्तको व्याख्या
गर्दछ । यसले राजनितिक प्रजातन्त्रको वकालत मात्र नगरी आर्थिक, सामाजिक ,शैक्षिक र साँस्कृतिक सम्बन्धी निति निर्माण र कार्यान्वयन बारे पनि
दिशानिर्देश गर्दछ । ग्ल् ले सन् २००३ तिर समावेशी शब्दको उच्चारण गरेको थियो ।
समावेशीकरणका प्रक्रियाहरु –
(१) जनमत संग्रह (२) संविधान सभा गठन (३) आत्म निर्णयको अधिकारको सुनिश्चितता (४) गोलमेच सम्मेलन
समावेशिकरणको अर्थ ः–
– समावेशीकरण एउटा त्यस्तो प्रक्रिया हो जहाँ राज्यका शासकीय
क्रियाकलापहरुबाट बाध्यतावश अलग हुन पुगेका वा पु¥याइएका वर्ग, समुदाय, धर्म र लिङगका व्यक्तिहरुलाई राज्यका शासन सञ्चालन, कानुन निर्माण तथा सार्वजनिक निति तर्जुमा
कार्यान्वयन एवं मुल्याङकन प्रक्रियामा सहभागी हुने अवसर प्रदान गर्नु नै
समावेशीकरण हो
– राज्य शक्तिमा सामान पहुँच र लाभको वितरणमा सामान सहभागिता नै
समावेशीकरण हो ।
– यसमा अल्पमतको कदर हुन्छ ।
– यसमा बहिष्करणमा परेको वर्गको सहभागिता हुनछ ।
– यसलाई सभ्य शासन प्रणालीको पूर्व शर्तको रुपमा लिईन्छ ।
समावेशीकरणको सैद्धान्तिक आधारहरु ः–
– आफ्नो छुटै सिद्धान्त नभएको ।
– भारतमा पिछडिएको वर्गलाई आरक्षणको व्यवस्था गर्ने सम्बन्धमा भारतको
तल्लो सदन “लोक सभा” मा भएको छलफलको क्रममा प्रस्तुत भएको विषयलाई
लोकसभा सचिवालय द्धारा प्रस्तुत एवम् प्रकाशित “ीइप् क्ब्द्यज्ब् म्भ्द्यब्त्भ्क्” १९७७ नोभेम्बरमा प्रकाशित सिद्धान्तहरु अहिले पनि
उतिकै सन्दर्भिक छन् । यसमा उल्लेखित ४ आधारहरु निम्नानुसार छन् ।
(क) क्षतिपुर्तिको सिद्धान्त ः– विगतमा भएको असमान व्यवहारको कारण पिछ्डनुपरेको
अवस्थाबाट मुक्ति गराई थप व्यवस्था सहित सामाजमा सामान अधिकार र पहुँच प्राप्त
गर्ने विषयलाई यस सिद्धान्तले जोड दिएको हुन्छ ।
(ख) सँरक्षणको सिद्धान्त ः– समाजको कमजोर वर्गलाई विशेष सँरक्षण गरेर भए पनि
राज्यले मुल प्रवाहमा ल्याउने ।
(ग) समानुपातिक सामानताको सिद्धान्त ः– समाजमा सँख्याको हिसावले जुन वर्गको जुन अनुपातमा
उपस्थित हुन्छ , उसले राज्यबाट पाउने
सहुलियत र सुविधा पनि सोही अनुपातले पाउनुपर्छ ।
(घ) सामाजिक न्यायको सिद्धान्त ः– राज्यको सवै किसिमको स्रोत र साधनमा पहुँच
प्राप्ती र उपभोगमा सामाजिक न्याय प्राप्त हुनुपर्दछ । यसो भएमा मात्र वर्ग
विभेदको अन्त्य हुन्छ भने मान्यता यसले लिएको छ ।
सामाजिक वञ्चितिकरणबारे लेख्नुहोस् ।
सामाजिक वञ्चितिकरण भित्र निम्न वर्गहरु पर्न
जान्छन् ,
– मानसिक तथा शारीरिक अपाङ्ग भएका व्यक्तिहरु – वृद्ध तथा अपहेलित
– लागु औषध प्रयागकर्ता – अपराधीहरु
– आत्महत्यामा प्रयासरत मानिसहरु लगायतका व्यक्तिहरु ।
समावेशिकरणका लागी कुन वर्गहरुलाई लक्षित गरिएको
छ ?
समावेशिकरणका लागी निम्न वर्गहरुलाई लक्षित
गरिएको छ ,
– महिला – वालवालिका
– जातिय रुपमा तल्लो वर्गका मानिएका समुदाय
– समाजिक सांस्कृतिक एवं भाषिक हिसाबले पछाडी परेका जाती जनजाती आदिवासी
– आर्थिक हिसाबले पछाडी परेका – सहारा नपाएका
– अपाङ्ग्ता भएका व्यक्तिहरु – विधवा
– वुद्धा वृद्धाहरु – भौगोलिक विविधतामा बसोवास गर्ने व्यक्तिहरु
समावेशिकरणका महत्व तथा आवश्यक्ता बारे उल्लेख
गर्नुहोस् ।
समावेशिकरणका महत्व तथा आवश्यक्ता देहायवमोजिम
रहेका छन् ,
– समाजमा सबैलाई समान अधिकार सुनिश्चित गर्दै श्रोत साधन र अवसहरुसम्म
सहज पहुँच र नियन्त्रण स्थापित गर्ने
– समाजमा जातिगत, लिंगको आधारमा नभइ दक्षताको आधारमा पेशा अंगाल्ने अवधारण विकास गर्नु
– दिगो विकास गर्ने – राजनितिक स्थिरता कायम गर्ने
– शान्तिपुर्ण समाजको निर्माण गर्नु – निर्णय प्रक्रियामा सबै समान पहुँच सुनिश्चित
गर्न
– समाजमा विद्यमान सबै खाले आर्थिक समाजिक र जातिय विभेदको अन्त्य गर्न
– विकास निर्माण कार्यहरुमा जनसहभागीता अभिवृद्धि गर्ने ।
सामानुपातिक प्रतिनिधित्वबारे लेख्नुहोस् ।
राज्यका सबै वर्ग तथा जातजातिलाई शासन प्रक्रियामा सहभागी गराउनुलाई
सामानुपातिक प्रतिनिधित्व भनिन्छ ।
जसले सुशासनको अवधारणा र लोकतान्त्रिक व्यवस्थालाई समेटेको हुन्छ ।
विविधतापुर्ण समाजमा सबैको प्रतिनिधित्व गराउन सामानुपातिक प्रणाली
अपनाइन्छ ।
निर्वाचन प्रणालीको प्रकार ः–
(१)
सामान्य वहुमतीय प्रणाली ः– यसलाई पहिलो हुन,े निर्वाचित हुने पनि भनिन्छ । यो पद्धतिमा कुनै निर्वाचन क्षेत्रमा
उठेको उम्मेदवारहरु मध्ये सबैभन्दा वढी मत ल्याउनेले चुनाव जित्ने गर्दछ । यसमा
कुल बैद्य मतको बहुमत ल्याई रहनुपर्देन ।
(२)
पूर्ण बहुमतीय प्रणाली ः– यो प्रद्धतिमा कुनै उम्मेदवारले निर्वाचन जित्न खसेको कुल बैद्यमतको
बहुमत ल्याउन पर्दछ । यदि बहुमत नआएमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार
हरुबीच पुन ः निर्वाचन गराइन्छ । जसमा कुनै एक उम्मेदवारले बहुमत ल्याई जित हारको
फैसला हुन्छ । प्राय ः सँसदीय भन्दा राष्ट्रपतीय निर्वाचनमा यो पद्धति प्रयोग
गरिन्छ ।
(३) समानुपातिक
निर्वाचन प्रणाली
(क)
सुचिमा आधारित निर्वाचन प्रणाली ः– यस निर्वाचन प्रणालीमा सम्पुर्ण देशलाई एक निर्वाचन क्षेत्र कायम
गर्दछ । देशभरबाट खसेको मतलाई एकै ठाउँमा सँकलन गरिन्छ । यस मतदान प्रणालीमा
व्यक्तिलाई नभई राजनितिक दललाई मतदान गरिन्छ । प्रत्येक दलले आफ्नो उम्मेदवारहरुको
नामावली निर्वाचन आयोगमा दाखिला गर्नुपर्दछ । राजनितिक दलले प्राप्त गरेको मतको
अनुपातको आधारमा उम्मेदवारहरु निर्वाचित भएको घोषणा गरिन्छ । यस्तो निर्वाचन
प्रणालीमा विभिन्न जातजाति, वर्ग वा समुदायको प्रतिनिधित्व हुने गरी सुची निर्माण गराई सबै
क्षेत्रको प्रतिनिधित्व गराउन सकिन्छ । नेपालको संविधानसभा निर्वाचनमा यो प्रणाली
अवलम्बन गरेको थियो ।
(ख)
एकल संक्रमणीय प्रणाली ः– यो प्राथमिकताको आधारमा मत दिने प्रणाली हो । यसमा सर्वप्रथम
निर्वाचित हुने सदस्य सँख्या किटान गरेको हुन्छ । यसमा प्रत्येक मतदातालाई एक
मात्र मत दिने अधिकार हुन्छ । यसमा निर्वाचित हुनको लागि आवश्यक मत तोकिएको हुन्छ
। जस्तै २५००० मतदात रहेको स्थानमा कुनै पनि उम्मेदवार निर्वाचित हुन ५००० भन्दा
बढी मत ल्याउन पर्दछ । ५ सितमा ।
(४)
मिश्रित निर्वाचन प्रणाली ः– यसमा केही पदको निर्वाचन बहुमत प्रणालीको आधारमा र केही पदको निर्वाचन
समानुपातिक निर्वाचन प्रणालीको आधारमा गरिन्छ । भौगोलिक, जातीय, क्षेत्रीय एवम् लैङिगक क्षेत्रमा देखापर्ने असन्तुलनलाई सन्तुलित र
समानुपातिक बनाई समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नको लागि मिश्रित निर्वाचन
प्रणाली अवलम्बन गरिएको हुन्छ ।
सामानुपातिक प्रतिनिधित्वका सकारात्मक पक्ष÷विशेषता हरु उल्लेख गर्नुहोस ।
सामानुपातिक प्रतिनिधित्वका सकारात्मक पक्ष÷विशेषता हरु यसप्रकार रहेका छन् ,
– अल्पसंख्यकको प्रतिनिधित्व हुन्छ – सबैको मतको कदर हुने
– लोकमतको उचित कदर हुने – शासनमा सबै वर्गको प्रतिनिधित्व हुने
– एक मात्र दलको प्रभुत्व नरहने – प्राथमिकताको आधारमा उम्मेदवार छान्न पाउने
– सर्वसाधारणले राजनितिक चेतना प्राप्त गर्ने
सकारात्मक विभेदबारे लेख्नुहोस् ।
– राज्यद्धारा प्रदान गरिने सेवा सुविधा र अवसरहरुबाट वञ्चित वर्ग वा
समुदायलाई विशेष लाभ पुग्ने गरी समता कायम गर्न गरिने पक्षपात , भेदभाव नै साकारात्मक विभेद हो ।
– विभेद नै भएपनि साकारात्मक कार्यको लागि हुने भएकोले यसलाई एयकतष्खभ
ब्अतष्यल को रुपमा लिइन्छ ।
– साकारात्मक कार्य वा विभेदको उपायबाट अवसरबाट लाभाम्वित समुदाय र
अवसरबाट वञ्चित समुदाय बिचको अन्तरलाई कम गर्न सहयोग पु¥याउछ ।
– साकारात्मक विवेद साध्य हो भने सोका लागी गरिने आरक्षण र अन्य
व्यवस्था साधन हो ।
– आर्थिक र सामाजिक रुपमा पछाडि परेकाहरुको उत्थान र सम–विकासको लागी सकारात्मक विभेदको नीति लिइनुपर्दछ
भन्ने कुरामा सबैको सहमति रहेतापनि आरक्षण दिने कुरामा भने जहिले पनि र जहाँ पनि
विवाद रहेको पाइन्छ ।
साकारात्मक विभेदको उदेश्य ः–
– देशको सबै नागरिकहरुको लागि शासन प्रणाली र प्रशासनको सबै क्षेत्रमा
समानुपातिक हिसावले सहभागी गराउने ।
– समावेशी लोकतन्त्रका
धारणाहरुलाई साकार रुप दिने ।
– आर्थिक,
समाजिक, राजनितिक असमानतालाई कम गर्ने ।
– पिछडिएको वर्गलाई सामान अवसर उपलब्ध गराउने ।
– सामाजिक
न्यायलाई प्रवद्धन गर्ने ।
– समतामुलक समाजको निर्माण
गर्ने ।
– निति
निर्माण तह सम्म उपेक्षित वर्गको पहूँच पु¥याउने ।
– सबै वगृ वा समुहको
मानिसहरुलाई विकासको मुल प्रवाहमा समेटने ।
– सार्वभौमसत्ता, अखण्डता र एकतालाई सुदृढ पारी समुन्नत राष्ट्रको
निर्माणमा जोड दिने ।
सकारात्मक विभेदको आवश्यक्ता वा महत्वको बारेमा
लेख्नुहोस् ।
सकारात्मक विभेदको आवश्यक्ता वा महत्वहरु
यसप्रकार रहेका छन् ,
– राज्यका समग्र प्रणलीमा सम्पुर्ण समुदायको प्रतिनिधित्व गराउन
– समाजिक संस्कार र मुल्य मान्यातमा परिवर्तन गर्न
– विभेदको अन्त्य गर्दै समानता ल्याउन सहयोग गर्ने
– शक्ति, स्रोत र न्यायको
वितरणलाई न्यायोचित बनाउने
– राज्यलाई समावेशी चरित्रको बनाउन सहयोग गर्ने
– राष्ट्रिय विकासका लागी सामाजिक एकतालाई बढाउने
– देश विकासमा सबैको सहभागीता गराउन
– समाजिक आर्थिक न्याय प्रदान गर्न
– पछाडी परेको वर्गको स्तर उन्नती गरि प्रतिस्पर्धात्मक क्षमता
अभिवृद्धि गर्ने ।
आरक्षण भनेको के हो ?
– राज्यको निति निर्माण लगायत सबै महत्वपुर्ण जिम्मेवारी एवम् रोजगारीको
अवसरहरुमा समाजमा पिछ्डिएको समुदायलाई अर्थपूर्ण रुपमा सहभागिताको अवसर प्रदान
गर्न अपनाइएको विशेष सँरक्षणको कार्यलाई आरक्षण भनिन्छ ।
– आरक्षण जातिय, भौगोलिक, आर्थिक तथा लैङ्गिक
आधारमा गर्न सकिन्छ ।
आरक्षण र साकारात्मक विभेदमा फरक ः–
– आरक्षण साकारात्मक विभेदको एक उपागम÷तरिका हो । यसले निश्चित कोटाभित्र निश्चित वर्ग
वा समुहको मात्र प्रतिनिधित्व गराउँछ ।
– आरक्षण नाकारात्मक भावनामा आधारित छ भने साकारात्मक विभेद साकारात्मक
धारणामा आधारीत छ ।
– आरक्षणले सँख्यात्मकतामा जोड दिन्छ । भने साकारात्मक विभेदले
गुणात्मकतामा जोड दिन्छ ।
– आरक्षणले निश्चित वर्ग वा समुदायलाई निश्चित कोटा छुट्याउने काम गर्दछ
भने साकारात्मक विभेदले विशेष कार्यक्रमको तर्जुमामा जोड दिन्छ ।
– साकारात्मक विभेद राज्यको लक्ष्य हो भने आरक्षण लक्ष्य प्राप्त गर्ने
साधन मात्र हो ।
आरक्षणका साकारात्मक पक्षहरु ः–
– समता प्रदान गर्दछ । – वञ्चित समुहको प्रतिनिधित्व गर्दछ ।
– कमजोर वर्गको स्तरोन्नती गर्दछ । – इतिहासिक क्षेतिको परिपूर्ति गराउँछ ।
– शासन प्रणालीमा अपनत्वको भावन विकास गराउँछ ।
नाकारात्मक पक्ष ः–
– गणस्तरमा समझौता भएको आरोप । – लोकप्रिय हुने नारा भनिएको ।
– निश्चित व्यक्तिको लागि फाइदा । – अस्वस्थ प्रतिस्पर्धा ।
– वर्गीय उत्थान गर्न नसकिने ।