१.
केन्द्रिय स्तरका संगठनहरु उल्लेख गर्नुहोस् ।
क) मन्त्रालयहरु ख) सचिवालयहरु ग) संवैधानिक निकायका केन्द्रिय
कार्यालयहरु
घ) विभागहरु ङ)
मन्त्रालय,सचिवालय अन्तर्गतका
केन्द्रिय कार्यालयहरु
२.
स्थानिय सरकार बारे लेख्नुहोस् ।
स्थानिय सरकार भनेको स्थानिय जननिर्वाचित निकायहरुद्धारा सञ्चालित
प्रशासनिक, राजनितिक व्यवस्था
हो । लोकतन्त्रनको निर्माणको मुल आधार पनि जननिर्वाचित स्थानिय सरकार र यसको
सुशासन नै हो । स्थानिय लोकतन्त्र स्थानिय सरकारको सक्रियताको परिणाम हो ।
स्थानिय सरकार लोकतन्त्रको आधार स्तम्भ हो । नेपालमा स्वायत स्थानिय
सरकारको अवधारणा स्थानिय स्वायत शासन ऐन २०५५ ले ल्याएको छ ।
स्थानीय सरकारका कार्यहरु ः–
· भौगोलिक विकटता अनुकुल सरकारी सेवा प्रवाह गर्ने
· सरकारी सेवाहरु सरल एवम् सुलभ बनाउने
· विकेन्द्रीकरणको सिद्धान्तलाई कार्यान्वयन गर्न मदत पु¥याउने
· जिल्ला स्तरीय समस्या स्थानीय स्तरमै समाधान गर्ने
· प्रशासकीय मितव्ययीता कायम गराउने
· विकासमा सहभागिता अभिवृद्धि गर्ने
३.
नेपाल सरकारको प्रशासनिक संरचना बारेमा लेख्नुहोस ? केन्द्रिय स्तरका संगठनहरुको कार्य समेत उल्लेख
गर्नुहोस ।
ँनेपाल सरकारले वर्तमान प्रशासनिक संरचनालाई
केन्द्रिय, क्षेत्रिय र
जिल्लास्तरीय गरी तीन भागमा विभाजन गरेको छ । केन्द्रीय स्तरका संगठनहरुमा
संवैधानिक अंग , मन्त्रालय, विभाग, सचिवालय, आयोग आदि पर्दछन् ।
स्थानीय संगठनलाई दुई भागमा विभाजन गरिएको छ । क्षेत्रिय संगठन र जिल्लास्तरीय
संगठन । क्षेत्रिय संगठन अन्तर्गत क्षेत्रिय कार्यालयको रुपमा विभिन्न मन्त्रालय र
संवैधानिक अङ्गअन्तर्गत स्थापित कार्यालय पर्दछन् । जिल्ला संगठन अन्तर्गत जिल्ला
स्तरीय कार्यालय , इलाका र गाउँ स्तरीय
कार्यालय पर्दछन् । जिल्लामा स्थानीय सरकारको रुपमा जिल्ला विकास समिति, नगरपालिका, र गाउँ विकास समितिहरु रहेका छन् ।
केन्दीय
संगठनको कामहरु ः–
– निति नियमको तर्जुमा गर्ने ।
– क्षेत्रिय तथा जिल्ला स्थित कार्यालयहरुको कार्यहरुमा समन्वय गर्ने ।
– मातहतका निकायहरुलाई निर्देशन दिने ।
– स्रोत साधनको व्यवस्था गर्ने ।
– मातहतका निकायको अनुगमन तथा मुल्यांकन गर्ने ।
क्षेत्रिय
संगठनका मुख्य कार्यहरु ः–
क्षेत्रीय स्तरका कार्यालयहरुबाट सञ्चालित वा
निर्देशित प्रशासनलाई क्षेत्रिय प्रशासन भन्ने गरिन्छ । वि.सं. २०३७ मा नेपाललाई
पाँच विकास क्षेत्रमा विभाजन गरेर क्षेत्रीय प्रशासनको अवधारणालाई अधि बढाइएको छ ।
पाँच विकास क्षेत्रमा विभिन्न मन्त्रालयहरु अन्तर्गतका क्षेत्रिय कार्यालयहरु
स्थापना गरिएका छन् । यी कार्यालयबाट त्यस क्षेत्रको प्रशासनिक रेखदेख, सञ्चालन र निर्देशन भएको छ । यसलाई नै क्षेत्रिय
प्रशासन भनिन्छ ।
– क्षेत्रीय असन्तुलन घटाउने ।
– उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्ने ।
– केन्द्रिय तथा जिल्ला स्तरीय संगठनहरुबीच पुलको
काम गर्ने ।
– विकास परियोजनाहरुको कार्यान्वयनको लागी समन्वय एवं निरीक्षण गर्ने ।
५.
सुशासन भन्नाले के बुझिन्छ ?
सुशासन शब्द दुई भिन्ना भिन्नै शब्द सु र शासन बाट बनेको हो जसमा सु को
अर्थ राम्रो र शासनको अर्थ राजकाज भन्ने हुन्छ । यसरी शाब्दिक अर्थमा हेर्दा सुशासन भनेको असल शासन
हो, जसलाई अङ्ग्रेजीमा
न्ययम न्यखभचmभलअभ भनिन्छ ।
अधिकार र साधन श्रोतको समुचित प्रयोगको भावना र कार्य क्षमताको संयोजित रुप नै
सुशासन हो ।
– सुशासन भन्नाले शासनको असल गुण र उच्च स्तरलाई
अंकित गर्दछ , सामान्य अर्थमा
राम्रो , असल र व्यवस्थित एवं
जनहितकारी शासनलाई सुशासन भनिन्छ ।
सार्वजनिक संयन्त्रद्धारा गरिने यावत क्रियाकलापहरु जनसहभागीतामा आधारित
हुनु, जनउतरदायी हुनु,
कानुन तथा निश्चित प्रक्रियामा आधारित हुनु, पारदर्शी हुनु, जनताको घरदैलोबाट सेवा प्रवाह हुने गरि
विकेन्द्रित पद्धतिको अवलम्वन हुनु, नागरिक मैतु शासनको
सुनिश्चितता हुनु, र अन्ततः आम जनताले सर्वसुलभ रुपमा छिटो छरितो, गुणस्तरिय र प्रभावकारी रुपमा राज्यका तर्फबाट
प्राप्त गर्ने सेवाहरु पाएको अनुभुती हुनु नै सुशासन हो ।
६.
सुशासनका तत्वहरु उल्लेख गर्नुहोस् ।
सुशासनका तत्वहरु देहायबमोजिम रहेका छन् ।
· कानुनी शासन
· पारदर्शिता
· जवाफदेहिता
· उतरदायित्व
· प्रजातान्त्रिक व्यवस्था
· विकेन्द्रिकरण
· मानवअधिकार
· समावेशिकरण
७.
सुशासनका विशेषताहरु उल्लेख गर्नुहोस् ।
सुशासनका विशेषताहरु यसप्रकार रहेका छन् ।
· जनताप्रति उतरदायी सरकार र कर्मचारीतन्त्र
· कानुनी शासन
· विकेन्द्रिकरण
· जनसहभागिता
· पारदर्शिता
· सार्वजनिक उतरदायित्व
· राजनितिक स्थिरता
· बहुदलिय प्रजातान्त्रिक व्यवस्था
· स्वतन्त्र न्यायपालिका
· दिगो विकास
· आर्थिक अनुशासन र भ्रष्टाचारको अन्त्य
· मानवअधिकारको प्रत्याभुती
· आधारभुत आवश्यक्ताहरुको परिपुर्ति
· गुनासो सुनुवाई
८.
सुशासनका महत्ववारे चर्चा गर्नुहोस् ।
· कानुनी राज्यमा बल पुर्याउँछ ,
· पारदर्शिता र उतरदायित्व अभिवुद्धि गर्न सघाउ
पुर्याउँछ ,
· भ्रष्टाचार नियन्त्रण गर्न मदत पुर्याउँछ ,
· विकेन्द्रिकरण, जनसहभागिता । समावेशीकरण लाई प्रवद्र्धन गर्दछ ,
९.
सुशासन कायम गर्न रहेका चुनौति (कठिनाई) हरु के के हुन् ?
ँ
भ्रष्टाचार
ँ
गरिवी
ँ
राजनितिक चेतनाको आभाव
ँ
कमजोर नागरिक सामाज
ँ
प्रक्रियामुखी, झन्झटिलो प्रशासन
ँ
दण्डहीनताले प्रश्रय पाएको
ँ
सरकारी संयन्त्रहरुबीचमा कमजोर समन्वय
ँ
सुपरीवेक्षण कमजोर र अनियमित हुनु
ँ
विद्यमान ऐन, नियम , निर्देशिकाहरुको पालनामा उदासिनता
ँ
सेवा प्रदायक निकायमा कार्यरत कर्मचारीहरुमा सकारात्मक सोचको कमी
ँ
स्थानीय तहमा रहेको सुरक्षा सवाल
ँ पारदर्शिता , जवाफदेहिता, जनसहभागिता को कमी
सुशासन कायम गर्नका लागी सुधार गर्नुपर्ने कार्य
ः–
– सुशासन ऐन लगायतका कानूनी प्रावधानको अक्षरंश पालना
– राजनीतिक अनुशासन र स्थायित्व कायम गर्ने
– लोकतान्त्रिक मुल्य मान्यतालाई आत्मसात गर्दै जाने
– विकेन्द्रित प्रशासनिक पद्धतिमा जाने
– प्रशासनिक संरचना, सँस्कार सभ्यतामा सुधार गर्ने
– सेवा प्रवाहमा संलग्न निकायका कर्मचारीको क्षमता र कार्य व्यवहारमा
सुधार गर्ने ।