आर्थिक विकासको पक्षहरु
कृषि
सामान्य अर्थमा कृषि भन्नाले जमिनको खनजोत गरी
अन्नवाली, तरकारी तथा फलफुलको
उत्पादन गर्नु भन्ने बुझिन्छ । तर व्यापक अर्थमा घाँसपातको उपयोग गरी गरिने
पशुपालन लाई समेत कृषिअन्तर्गत लिने गरिन्छ । यसर्थ कृषि भनेको जमिनको खनजोत र
यसबाट गरिने खाद्यपदार्थ वा अन्य कच्चापदार्थको उत्पादन हो ।
नेपालको अर्थतन्त्रमा झण्डै एक तिहाई हिस्सा कृषि क्षेत्रले ओगटेको हुनाले
कुल ग्रार्हस्थ उत्पादनको वार्षिक वृद्धिदर कृषि क्षेत्रको उत्पादनमा निर्भर रहदै
आएको छ । कृषि पेशामा आश्रित जनताको आय आर्जनमा खासै परिवर्तन भएको देखिदैन ।
मूलतः कृषि कार्य जनजिविकाको परिपुर्ति गर्नेभन्दा बढी हुन सकेको छैन ।
वैज्ञानिक , आधिुनिक र व्यवसायिक
कृषि प्रणालीले प्राथमिकता पाउन सकेन । रासायनिक मल , विउविजन जस्ता कृषि उत्पादनका लागी आवश्यक पर्ने
सामग्रीहरुको सहज र सुलभ उपलब्धता हुन सकेन । साथै कृषि उतपादनले बजारसम्मको
पहुचमा सरलता पाउन सकेको अवस्था छैन ।
कुल ग्राहस्थ उत्पादनमा अझै पनि कृषि क्षेत्रको योगदान ३४ प्रतिशतको
हराहरीमा रहेको छ । जबकि कृषिमा निर्भर जनताको प्रतिशत कुल जनसँख्याको ६५ प्रतिशत
छ । सरकारले वर्षेनी कृषिका लागी विभिन्न कार्यक्रमहरु ल्याए तापनि त्यस्ता
कर्याक्रमहरुको प्रभावकारी कार्यन्वयन हुन नसक्दा सोचे जस्तो प्रतिफल हासिल हुन
सकेको छैन ।
तसर्थ कृषकहरुलाई केन्द्रविन्दुमा राखेर देशको आर्थिक नितिको तर्जुमा गर्नु
पर्छ । जसले कृषकहरुलाई आत्मनिर्भर, व्यवसायमुलक र निर्यातमुलक बनाई दिगो आर्थिक विकासमा टेवा पुग्न सकोस्
।
कृषि प्रणालीको विशेषता ः–
– कृषि प्रणाली मनसुनमा आधारित – व्यवसायिक भन्दा निर्वाहमुखी – कृषि क्षेत्रमा अदृश्य बेरोजगारी
– परम्परागत कृषि प्रणाली
– भुमिको खण्डीकरण
नेपालमा कृषिको महत्वहरु ः–
– खाद्यान्नको उत्पादन
– उद्योगका लागि कच्चा पदार्थको स्रोत
– औद्योगिक उत्पादनको उपयोग
– निर्यातको मुख्य स्रोत
– व्यापारमा सहयोग
– रोजगारीको सिर्जना
– अर्थतन्त्रको मेरुदण्ड आदि –
कृषिका प्रमुख समस्याहरु ः–
– परम्परागत कृषि प्रणाली
– विउ विजनको अभाव – कृषि औजारको अभाव
– आवश्यक बाजारको अभाव – सिंचाईको असुविधा
– अध्ययन अनुसन्धान
नभएको
– कृषि प्राविधिकहरुको अभाव
– भुमिको असामान
वितरण – अत्यधिक जनसँख्याको भार
– यातायातको असुविधा – बजारको अभाव –
भूमिको असमान वितरण
– कृषि ऋणको अभाव
नेपालको कृषि प्रणालीलाई विकसित पार्ने योजना
बनाउन सरकारले मलाई जिम्मा दिएमा मैले निम्नानुसारको कार्यक्रम र नीति तर्जुमा र
कार्यान्वयनको योजना बनाउने थिए ।
– कृषकहरुका लागि कृषि शिक्षा र तालिमको पर्याप्त
व्यवस्था मिलाउने ।
– उन्नत औजार, बीउबिजन, मलखाद आदिका लागि
अनुदानको व्यवस्था मिलाउने
– कृषिमा आधारित उद्योगधन्दाको स्थापना र विस्तारमा जोड दिने
– कृषि क्षेत्रमा यातायातको सुविधाको पहुँच विस्तार गर्ने
– कृषि भुमिको न्यायोचित र वैज्ञानिक वितरणका लागि प्रगतिशील भुमिसुधार
योजना लागु गर्ने
– आवश्यक अनुसन्धानात्मक कार्यक्रमहरु सञ्चालन गर्ने
“यातायातको असुविधा नै कृषि उतपादन बढाउन नसकिने
कारण हो” कसरी ? तर्क दिनुहोस ।
कृषि र उद्योगबीचको सम्बन्धलाई जोड्ने एक महत्वपुर्ण माध्यम व्यापार हो ।
व्यापारका लागि यातायातको सुविधा अनिवार्य हुन्छ । यातायातको असुविधा भएको खण्डमा
एकातिर कृषि उपजले बजारको पहुच पाउदैनन् भने अर्कातिर उद्योगनिर्मित कृषि औजार,
उन्नत बीउबिजन, मल तथा औषधिको पहुचमा आइपुग्दैनन् । बजारको
अभावमा कृषकहरु त्यति उतसाहित हुदैनन् भने आवश्यक औजार, मल, बीउ आदिको अभावमा कृषिको उत्पादकत्व समेत घटेर जान्छ । यसर्थ
यातायातको असुविधाका कारण पनि कृषि उत्पादन बढाउन सकिदैन । अर्केा शब्दमा कृषिको
विकासमा यातायातको ठुलो भुमिका रहेको हुन्छ ।
उद्योग
सीप र साधनको प्रयोग गर िसानो तथा ठुलो परिमाण्मा
बस्तुहरु उत्पादन गर्ने कामलाई उद्योग भनिन्छ । उद्योगहरु घरेलु, कुटीर, साना , मझौला तथा ठुला
खालका हुन्छन् । उद्योगबाट राष्ट्रिय आवश्यकताका वस्तुको पूर्ति हुनाका साथै
उत्पादित वस्तु निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । देशको तिव्र आर्थिक
वृद्धिदर कायम गर्नका लागी उद्योगको ठुलो भूमिका हुन्छ । विश्वका सबै देशहरुको
आर्थिक विकास औद्यौगिक विकासको कारणले गर्दा सम्भव भएको हो ।
– सर्वप्रथम वि.स. १९९३ मा उधोग परिषदको गठन भएको हो ।
– औधोगिक निति २०६७ ले उद्योगलाई नौ प्रकारमा विभाजन गरेको ।
१.
उत्पादनमुलक उद्योग २. निकासी मुलक उद्योग ३. उर्जामुलक ४. खानीजन्य ५. पर्यटन
उद्योग ६. निर्माणमुलक ७. सेवामुलक ८. सुचना तथा सञ्चार प्रविधियुक्त ९. कृषि तथा
वन पैदावरमा आधारित उद्योग ।
पुँजी र प्रकृतिको आधारमा उद्योगको प्रकार ः–
१. लघु उद्योग २. परम्परागत उद्योग ३. साना
उद्योग ( पाँच करोड स्थिर पुँजी भएको ) ४.मझौला उद्योग (५–१५ करोड स्थिर पुँजी भएको ) ५. ठुला उद्योग (१५
करोड भन्दा माथि स्थिर पुँजी भएको)
उद्योग सञ्चालनका लागि निम्नानुसारका पूर्वाधार
आवश्यक मानिन्छन् ।
– कच्चापर्दाथ – यातायात तथा सञ्चारको सुविधा –
विधुत तथा अन्य उर्जा – दक्ष जनशक्ति – बजार
– पूँजी – वित्तीय सुविधा आदि
औद्योगिक क्षेत्रको समस्याहरु ः–
– औधोगिक पूर्वाधारहरुको अभाव
– उद्योग क्षेत्रमा
आन्तरिक र बाह्य लगानी भित्रयाउन नसक्नु ।
– औधोगिक सुरक्षा नहुनु । – उर्जा सङकट, पेट्रौलियम पदार्थको आपुर्ति नियमित नहुनु ।
– प्राविधिक जनशक्तिको अभाव
– भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु ।
– अन्तर्राष्ट्रिय बाजारसँग प्रतिस्पर्धा गर्न नसक्नु । –
राजनैतिक अस्थिरता
– महँगो विदेशी कच्चा पदार्थ
–
बजार विकासमा कम ध्यान
उद्योग क्षेत्रमा रहेका महत्व ः–
– रोजगारीका अवसरमा वृद्धि गर्न – राष्ट्रिय आयमा वृद्धि गर्न
– राष्ट्रिय उत्पादनमा वृद्धि गर्न – निर्यातमा वृद्धि गर्न
– आयात प्रतिस्थापन गर्न – देशको प्राकृतिक स्रोत साधनको सदुपयोग गर्न
– आत्मनिर्भरता हुन – कृषिमा आधुनिकीकरण गर्न
– राष्ट्रिय सुरक्षालाई सशक्त बनाउन
नेपालमा उद्योगको समुचित विकासका लागि निम्न
कुराहरु हुनु आवश्यक छ ।
– सरल र सहज तरिकाले कम व्याजदरमा ऋण पाउने
व्यवस्था – बजारको व्यवस्था
– उद्योगहरुलाई प्रोत्साहन – स्पष्ट सरकारी निति
– यातायात र सञ्चारको सुविधा – गोदामघरको सुविधा
– सरल तरिकाले इजाजत प्रदान गर्ने व्यवस्था ।
उद्योग स्थापना हुनु भनेको रोजगारीको सम्भावन
बढनु हो ? उदाहरणसहित प्रस्ट
पार्नुहोस ।
निश्चित रुपमा रोजगारीका अवसरहरुको सिर्जनामा उद्योगको भुमिका निकै
महत्वपूर्ण हून्छ । कुनै एक उद्योग
स्थापनासँगसँगै विभिन्न खाले जनशक्तिका लागी रोजगारीका अवसरहरु खुल्दछन् । दुवै
दक्ष र अदक्ष जनशक्तिका लागि काम उपलब्ध हुन्छ । अर्कोतर्फ उद्योगका लागि कच्चापदार्थको
आपुर्ति र उत्पादित वस्तु तथा सेवाको वितरणका क्रममा हुने उत्पादन र व्यापारले पनि
कैयौ मानिसलाई रोजगारी उपलब्ध गराउँछन् । यसर्थ उद्योग स्थापना हुनु भनेको
रोजगारीको सम्भावना बढ्नु हो ।
व्यापार
– कुनै उत्पादन वा मालसमानहरुको खरिदबिक्री, विनिमय, ओसारपोसारलाई व्यापार भनिन्छ ।
– वाणिज्य भन्नाले सम्पूर्ण वस्तु, सेवा र वैदिक सम्पतिहरुको किनबेच, बिनिमय र हस्तान्तरणको सम्पुर्ण क्रियाकलापलाई
बुझाउछ ।
– कुनै पनि मुलुक आफैमा आत्मनिर्भर रहन सक्दैन त्यसकारण विश्व
व्यापीकरणले ठाउँ पाइरहेको छ ।
– वस्तु तथा सेवा विनिमय गर्ने कार्य व्यापार हो । व्यापारले देशको
आर्थिक विकासमा ठुलो महत्व हुन्छ । व्यापार दुई प्रकारका हुन्छन्
आन्तरि व्यापार ः– देशभित्र उत्पादन भएका तथा विदेशबाट ल्याइएका
वस्तुहरुको देशको विभिन्न भागमा गरिने व्यापार नै आन्तरिक व्यापार हो । उदाहरणका
लागि नेपालको पहाड र तराईबिच चलने व्यापार आन्तरिक व्यापार हो ।
बाह्य व्यापार ः– एक देशले अर्को देशभित्र गर्ने व्यापारलाई बाह्य
व्यापार भनिन्छ । बाह्य व्यापारले देशमा उतपादित बस्तुहरुको निर्यातबाट विदेशी
मुद्रा आर्जन गर्न र रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।
व्यापार क्षेत्रमा देखिएका समस्याहरु ः–
– भुपरिवेष्ठिक भएकोले यातायात खर्चिलो हुने । –
व्यापार असन्तुलन, चोरी निकासी, राजस्व छल्ने ।
– भारतसँग खुल्ला सिमाना – बिलासिताको सामानको आयात बढी
– अन्तर्राष्ट्रिय गुणस्तरका सामानहरु उत्पादन हुन नसक्नु –
राजनैतिक अस्थिरता
नेपालको वैदेशिक व्यापार किन घाटामा गइरहेको छ ?
कारण दिनुहोस ।
निर्यातको परिमाणभन्दा आयातको परिमाण बढी हुने अवस्थालाई व्यापार घाटा
भनिन्छ । हाल नेपालको बैदेशिक व्यापार निर्क घाटामा छ । यसका पछाडि निम्न कारण छन्
।
– कच्चा पदार्थको निर्यात र उद्योगनिर्मित सामानहरुको आयात
– उद्योगधन्दाको विकास र विस्तारमा गतिरोध
– विलासी जीवनशैलीमा वृद्धि – लगानीमैत्री वातावरणको अभाव
– भुपरिवेष्टिक अवस्थिति – बजार पहँचको अभाव आदि
पर्यटन
राज्यका सम्पुर्ण गतिविधिहरुलाई बढावा दिने तथा
नागरिकहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उच्च राख्ने विकासको महत्वपुर्ण पक्ष
पर्यटन हो । नेपालको भौगोलिक बनावट, प्राकृतिक सौन्दर्य, साँस्कृतिक सम्पदा आदि कारणले गर्दा बर्सेनी लाखौँ पर्यटकहरु नेपाल
आउने गरेका छन् । नेपाललाई विश्व सामु एउटा महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा
विकास गर्न सकिन्छ साथै यो देशको प्रमुख आर्थिक क्रियाकलापको रुपमा समेत स्थापित
गर्न सकिन्छ ।
– मनोरञ्जन गर्ने वा नयाँ ठाउ हेर्ने उदेश्यले एक ठाउबाट अर्को ठाउँमा
यात्रा गर्नु नै पर्यटन हो ।
– पर्यटन नीति २०६७ ले एक ठाउँबाट अर्को ठाउमा यात्रा गर्ने नेपाली
नागरिकलाई पनि आन्तरिक पर्यटनको रुपमा मान्यता दिएको ।
आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व ः–
– विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत – रोजगारीको अवसर सिर्जना हुने
– विश्वमा मुलुकको प्रचार प्रसार – व्यापार वृद्धि
– साँस्कृतिक आदान प्रदान – दुर्गम क्षेत्रको विकास
– राष्ट्रिय आयमा वृद्धि – भोतिक र सामाजिक पूर्वाधारको विकास
– कला र सँस्कृतिको संरक्षण – राष्ट्रिय प्रतिष्ठामा वुृद्धि
– घरेलु तथा साना उद्योगको विकास – पर्यटकीय क्षेत्रको विकास आदि
पर्यटन उद्योगका बेफाइदाहरु ः–
– प्राकृतिक साधनस्रोतको विनाश र वातावरणीय प्रदुशनको एक मुख्य कारण
पर्यटन उद्योग हो ।
– विभिन्न पृष्ठभुमिबाट आएका विदेशी पर्यटकहरुका कारणले गर्दा स्थानीय
जनताको सँस्कृति र जीवनपद्धतिमा नकारात्मक असर पर्न जान्छ ।
– यसले सामाजिक विकृतिहरु जस्तै ः लागुऔषधको व्यापार, बलात्कार, चोरी आदि बढाउँछ ।
– धेरै सँख्यामा पर्यटकको आगमनले बढी भीडभाड बढ्नुका साथै सुविधाको अभाव
हुन पुग्छ ।
पर्यटन क्षेत्रले भोगीरहेको समस्याहरु ः–
– त्चबखभ िबमखष्कयचथ नकारात्मक – अपर्याप्त प्रचार प्रसार
– पूर्वाधार सेवाको अनुपयुक्तता – आन्तरिक राजनैतिक समस्या
– हवाई सेवाको सम्पर्क न्युन – जनशक्ति न्युन दक्षता
– बारम्बार बन्द, हडताल – साँस्कृतिक तथा धार्मिक स्थलहरुको संरक्षणमा कमी
– पर्यटकीय क्षेत्रमा वातावरणीय प्रदुषणको समस्या – राजनैतिक अस्थिरता
– मनोरञ्जनको साधनहरुको कमी – सरकार तथा निजी क्षेत्रबीच उचित समन्वयको अभाव
– शान्ति सुरक्षाको खस्कदो स्थिति
सामाधानका उपायहरु ः–
– धार्मिक तथा सास्कृतिक स्थलहरुको संरक्षण तथा संवर्धनमा विशेष ध्यान
दिनुपर्ने
– भरपर्दो हवाई यातायात – शान्ती सुरक्षाको प्रत्याभुति
– श्रमिक तथा व्यवस्थापन सुधार – नियमित विद्युत आपूर्ति
– दक्ष जनशक्ति व्यवस्था – पर्यटन पूर्वाधार विकास
– अनुसन्धान विकास लगानी – नयाँ पर्यटकीय स्थलहरुको पहिचान गर्ने
– आवश्यक वस्तुहरुको उत्पादन स्वदेशमै गर्ने व्यवस्था गरिनु पर्ने
– व्यवस्थित
होटल रेस्टुराहरुको विस्तार गर्ने
नेपालमा पर्यटन उद्योगको सम्भावना ः–
नेपाल प्राकृतिक स्वरुपमा अति सुन्दर र धनी छ । सागरमाथा, मनोरम हिमश्रृंखलाहरु, हावापानी, जैविक विविधता, भौगोलिक विविधता नै पर्यटन उद्योगका सम्भावना हुन
। नेपाल यस्ता प्रशस्तै सम्भावनायुक्त देश हो ।
– विश्वको सवोच्च शिखर सागरमाथा लगायत ८ हजारभन्दा अग्ला ८ वटा हिमाल
तथा अन्य हिमश्रृंखलाहरु
– साहसिक, मनोरञ्जनात्मक
खेलहरुको आयोजना गर्न सकिने – प्राचीन कला र सँस्कृति
– प्राकृतिक सौन्दर्यले भरिपुर्ण – दुर्लभ वन तथा वन्यन्तु
– जैविक विविधतामा उत्कृष्टता – जलवायु तथा भौगोलिन विविधता
– प्राचीन कला तथा सँस्कृतिमा धनी – भगवान वुद्धको जन्मस्थल
– पदयात्रा – कम खर्चिलो वातावरण र आत्मिय आतिथ्य सत्कार
बैदेशिक रोजगारी
विदेशमा
गएर गरिने कुनै पनि रोजगारमूलक कार्यलाई वैदेशिक रोजगार भनिन्छ । नेपालमा हरेक
वर्ष रोजगारका सिलसिलामा विदेशिने क्रम बढदो छ । बैदेशिक रोजगारबाट राष्ट्रिय आयमा
वृद्धि हुने , वैदेशिक सीप,
प्रविधि र विविधतायुक्त संस्कृतिको आयात
हुने, रेमिट्यान्स प्राप्त
हुने, रोजगारीको
क्षेत्रहरु विस्तार हुने जस्ता फाइदाहरु हुन्छन् ।
– प्रतिवर्ष ४ लाख २५ हजार युवाहरु श्रमबाजारमा प्रवेश गर्छन ।
– श्रम स्वीकृति पाएका सँस्था ः २४२
– श्रम समझौता भएको मुलकहरु ः– ५ ( कतार, कुवेत, बहराइन, द. कोरिया र जापान )
– बैदेशिक रोजगारीलाई प्रोत्साहन गर्न सरकारले श्रम सहचारी लगायतको
सँरचनागत प्रयासहरु गर्दै आएको ।
समस्याहरु ः–
– वैदेशिक रोजगारीमा जाने महिलाहरु बेचबिखन, यौन शोषन, शारीरिक र मानसिक समस्याहरुबाट पीडित हुनु
– न्युन दक्षताका कारण कम परिश्रमिक – सुचना व्यवस्थापनको अभाव
– एक प्रकारको काममा अनुमति अर्को काममा रोजगारी – द्ययियम ःयलभथ
– विप्रेषन रकमको सदुपयोग नहुनु – भाषा र जानकारीको अभाव
– नेपाली नियोग र रोजगारी हीतमा उदासीन – वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन नसक्नु
– झन्झटिलो प्रशासनिक प्रणाली – रोजगारीमा जाने क्रममा कामदारहरु ठगिनु
जनशक्ति
काम गर्न सक्षम, सीप भएका तथा नभएका सबै प्रकारका व्यक्तिहरुलाई
जनशक्ति भनिन्छ । देशमा उपलब्ध स्रोत र साधनहरुको सही र व्यवस्थित रुपमा सञ्चालन
गर्न जनशक्तिको आवश्यकता पर्दछ । जुन देशमा दक्ष जनशक्तिको विकास भएको हुन्छ ,
त्यस देशको आर्थिक विकास दु्रत गतिमा हुन्छ
।
– मानव सँसाधन
– पूजी, प्रविधि, औजार, विधि, स्रोत आदि
– कार्यदक्षता, अनुभव र उत्पादकत्व बददै जाने
महत्व ः–
– श्रोत साधन परिचालन – स्र्वाङ्गिक विकास गर्न
– उद्योग, व्यापार, पर्यटन आदी आवश्यक मानवीय साधन पुर्ती – समस्या समाधान गर्न
– प्राकृतिक साधनको सदुपयोग गर्न – उत्पादनमा वृद्धि गर्न
– द्रुततर आर्थिक विकास गर्न – पूँजिगत वस्तुहरुको प्रयोग गर्न
– प्रविधिको उपयोग गर्न – उत्पादनशील क्षमता वृद्धि गर्न
– आयात तथा निर्यातमा वृद्धि गर्न
कुनै पनि राष्ट्रको विकासका लागि दक्ष जनशक्तिको
के महत्व रहेको छ ? उल्लेख गर्नुहोस ।
कुनै पनि राज्यमा उपलब्ध प्राकृतिक सम्पदाहरुले आफैँ केही गर्न सम्दैनन् ।
यिनीहरुको उचित परिचालनका लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । अर्को अर्थमा
हेर्ने हो भने देशमा योग्य जनशक्ति नहुँदा प्राकृतिक सम्पदाको उचित उपयोगको अभावमा
तिनीहरु त्यसै खेर जान्छन् । विभिन्न क्षेत्रमा दक्ष जनशक्तिको योगदानले नै देशको
आर्थिक सामाजिक स्थिति सुदृढ हुन जान्छ । जस्तै ः स्वट्जरल्याण्ड, जससँग सीमित स्रोतसाधन भैकन पनि विकसित छ किनकि
त्याहा दक्ष जनशक्ति पर्याप्त छन् । तर नेपाल पर्याप्त स्रोतसाधन उपलब्ध हुदाहुदै
पनि अविकसित छ किनकि यहाँ दक्ष जनशक्तिको ठुलो अभाव छ । यसरी दक्ष जनशक्तिले
विकासका लागि महत्वपूर्ण भूमिका खेल्छ । यसकारण मानवसम्पदा कुनेै पनि देशको
महत्वपुर्ण स्रोत हो तर चौतर्फी विकासका लागि मानिसहरु फरक–फरक किसिमले दक्ष हुनु जरुरी हुन्छ ।
नेपाल प्राकृतिक स्रोत साधनले धनी भए पनि आथिृक
विकास नहुनुका कारणहरु केके हुन ?
नेपाल प्राकृतिक स्रोत साधनका हिसावले धनी राष्ट्रमा पर्दछ । भरिपुर्ण देश
हो । यहखँ विश्वमा पाइने लगभग सबै प्रकारका हावापानी पाइन्छ ,। तराईको समथर मैदानदेखि विश्वको सर्वोच्च शिखर
सागरमाथा यही देशमा रहेको छ । जलस्रोतमा विश्वको धनी देशमा नेपाल गनिन्छ तर यहाँको
पुर्वाधार विकास हुन सकेको छैन् । यसो हुनमा निम्न कारणहरु रहेका छन् ।
– नेपालको भौगोलिक अवस्था ज्यादै विकट हुनु – भू–परिवेष्ठित राष्ट्र
– राजनीतिक अस्थिरता – राष्ट्रिय सम्पति भ्रष्टाचार तथा दुरुपयोग आदि
– देशमा वैज्ञानिक तथा प्राविधिक शिक्षाको राम्रो विकास हुन नसक्नु
– देशको आर्थिक अवस्था अति कमजोर हुनु